जल तथा मौसम विज्ञान विभागबाट नेपाल टेलिकम सम्मानित

Prabhu

काठमाडौं ।विपद जोखिम न्यूनीकरणमा योगदान पुर्‍याएबापत नेपाल टेलिकम सम्मानित भएको छ । जल तथा मौसम विज्ञान विभागले विभागबाट सम्प्रेषण गर्ने पूर्वसूचना सन्देशहरु २०७३ साल देखि निरन्तर  निःशुल्क सर्वसाधारणको पहुँचमा पर्याएकोमा नेपाल टेलिकमको भूमिकालाई उच्च कदर गर्दै कदर पत्र प्रदान गरेको हो ।

काठमाडौंमा आयोजित नेसनल वर्कसप अन अर्ली वार्निङ सिस्टम (National Workshop on Early Warning System) कार्यक्रममा जलस्रोत तथा सिंचाई सचिव सुशिल चन्द्र तिवारीले नेपाल टेलिकमलाई सो कदर पत्र प्रदान गरेका हुन ।

नेपाल टेलिकमका देशैभर रहेका दूरसञ्चार पूर्वाधारहरु जल तथा मौसम विज्ञान विभागको Early Warning System अन्तर्गतको Communication and Dissemination प्रयोजनको लागि प्रयोग भइरहेका छन् ।

सूचना संकलन अन्तर्गत बाढी पहिरो लगायतका विपद जोखिम क्षेत्रमा रहेका Weather Station हरुबाट जल तथा मौसम विज्ञान विभागको केन्द्रीय सर्भरमा मौसम सम्बन्धी सूचना संकलनको लागि नेपाल टेलिकमका सिमकार्डमार्फत एमटुएम (M2M) प्रविधिको प्रयोग गरी कनेक्टिभिटी उपलब्ध रहेको छ । नेपाल टेलिकमले यसका लागि ३०० एमबी डाटा सुविधा सहितको सिमकार्ड उपलब्ध गराएको छ ।

विपद्को पूर्वजानकारीले क्षति न्यूनीकरण गर्न तथा मानवीय क्षति हुन नदिन वा कम गर्न कम्पनी र जल तथा मौसम विज्ञान विभागबीच २०७३ सहकार्य गरिरहेका छन्

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार