एचआइडीसियलको १ करोड ७८ लाख कित्ता शेयर बिक्रिमा

Prabhu

काठमाडौं । हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी (एचआईडीसीएल) लिमिटेडले सेयर बिक्रीमा ल्याएको छ । हकप्रद शेयरबाट नबिकेको मध्ये लिलाम बढाबढ प्रकृया मार्फत बिक्री नभई बाँकी रहेको १ करोड ७८ लाख ४० हजार १४० कित्ता शेयर गोप्य शिलबन्दी बोलपत्रद्वारा बिक्री गर्न लागेको हो ।

कम्पनीको सेयरमा जो कोही व्यक्ति, संस्था वा कम्पनीले बैशाख ९ गतेभित्र आवेदन दिन सक्ने छन् । लगानीकर्ताले ग्लोबल आइएमई क्यापिटल लिमिटेड, नक्साल, काठमाण्डौ, ग्लोबल आइएमई बैंक लिमिटेडको शाखा कार्यालयहरू शंखमुल – नयाँबानेश्वरबाट आवेदन दिन सक्ने छन् ।

साथै, उपत्यका बाहिरका लगानीकर्ताहरुले विर्तामोड, झापा, हनुमानदास रोड, विराटनगर मोरङ, जनकपुरधाम धनुषा, आर्दशनगर वीरगञ्ज, पर्सा, हेटौंडा मकवानपुर नारायणगढ, चितवन, न्यूरोड, पोखरा, कास्की, मिलनचोक बुटवल रूपन्देही , बाग्लुङ्ग बजार, बाग्लुङ्ग, त्रिभुवन चोक नेपालगञ्ज बाँके, विरेन्द्रनगर सुर्खेत, घोराही दाङ, धनगढी, कैलाली, महेन्द्रनगर, कञ्चनपुरबाट बोलपत्र आवेदन फाराम पाउन सकिने छ ।

शेयरको न्युनतम मूल्य प्रतिकित्ता मूल्य १०० रुपैयाँ तोकिएको छ । त्यसैले सो वा सो भन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्नेछ । साथै, बोलपत्र फाराम शिलबन्दी गरिएको हुनुपर्नेछ । बोलपत्र आवेदन फाराममा आफुले लिन चाहेको शेयर संख्या तथा प्रति कित्ता दर अंक र अक्षरमा स्पष्ट लेख्नुपर्नेछ । अंक र अक्षरमा लेखेको फरक भएमा अक्षरमा लेखेकोलाई मान्यता दिईनेछ । त सम्पूर्ण विवरण स्पष्ट रुपमा अनिवार्य उल्लेख गर्नुपर्नेछ ।

बोलपत्र पेश गर्दा न्यूनतम १०० कित्ता वा सो भन्दा बढीको लागि अधिकतम सम्पूर्ण शेयर संख्याको लागि आवेदन दिन सकिने छ । तर शेयर खरीद गर्न आवेदन गरेको कुल शेयर कित्ता जोड्दा सम्बन्धित नियमकारी निकायले एउटा व्यक्ति वा संस्थाले खरीद गर्न वा राख्न पाउने भनी तोकेको अधिकतम सीमा भन्दा बढी नहुने गरी पेश गर्नु पर्नेछ । दशमलवमा ( खण्डित रुपमा ) आउने गरि शेयर आवेदन गर्न पाइने छैन । ५ लाख रुपैयाँसम्मको आवेदन दिनेले स्वेच्छिक रुपमा र ५ लाख रुपैयाँ भन्दा बढी रकमको आवेदन दिनेले अनिवार्य रुपमा आफ्नो प्यान नं. आवेदन फारममा उल्लेख गर्नुपर्नेछ ।

शेयर आवेदन फाराम नेपाली तथा अंग्रेजी भाषामा पूर्ण रुपले भरी बोलपत्रदाताले बोलपत्र आवेदन साथ आफुले खरीद गर्न चाहेको शेयरको जम्मा मूल्यको सम्पूर्ण रकम ग्लोबल आइएमई क्यापिटल लिमिटेडको नाममा  रहेको उल्लेखित बैंक खातामा जम्मा गरेको सक्कल नगद भौचर संलग्न गर्नुपर्नेछ ।

प्राप्त बोलपत्रहरुको छानविन पश्चात रितपूर्वक प्राप्त बोलपत्रहरुमध्ये सबैभन्दा बढी बोलकबोल गर्ने आवेदकलाई शेयर बाँडफाँट गरिनेछ । यसबाट पनि शेयर बाँकी रहेमा त्यसपछिको बढी रकम कबोल गर्नेलाई क्रमशः बाँडफाँट गरिने छ । बोलकबोलमा शेयर बिक्री गर्दै जाँदा एउटै मूल्यमा दुई वा दुई भन्दा बढी बोलपत्र आवेदनहरु पर्न गई बाँडफाँट हुन बाँकी शेयर भन्दा बढीको माग भएमा माग गरेको शेयरको आधारमा समानुपातिक रुपमा शेयर बाँडफाँड गरिनेछ । यसरी समानुपातिक रुपमा बाँडफाँड गर्दा समेत केही शेयर बाँकी रहन गएमा निष्काशन कम्पनीको सञ्चालक समितिको निर्णयानुसार हुने कम्पनीले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार