आइपीओ निश्कासन अनुमति प्रदान गर्ने तयारीमा धितोपत्र बोर्ड

Prabhu

काठमाडौं । नेपाल धितोपत्र बोर्डले आइपीओ निष्कासन अनुमति दिने प्रक्रिया खोल्ने तयारी गरेको छ  । अहिले बोर्डमा नेतृत्व अध्यक्ष  नहुँदा  आइपीओ, हकप्रद र एफपीओको निष्कासन प्रक्रिया स्थगित अबस्थामा छ   ।

धितोपत्र बोर्डको सञ्चालक समितिका सदस्य  तथा नेपा उधोग भाणिज्य महासघं का उपाध्यक्ष सुरकृष्ण वैद्यले अर्थमन्त्री वर्षमान पुनले आइपीओ खुलाउनको लागि अनुमति दिन निर्देशन गरेकाले  आईपिओ निश्कासन प्रक्रिया खुल्ने बताए । ‘अर्थमन्त्रीबाट निर्देशन भएपछि धितोपत्र बोर्डलाई आइपीओ अनुमति दिन बाटो खुलेको छ’, उनले भने, ‘हामी पनि लामो समयसम्म आइपीओ अनुमति रोक्न हुन्न भन्ने पक्षमा थियौँ । अब सञ्चालक समितिको बैठकबाट आइपीओलाई अनुमति दिने विषयमा निर्णय होला।’

बोर्डको सञ्चालक समितिको बैठक केहि दिनमा बसेर बैठकबाट आइपीओ निष्कासनको अनुमति दिने निर्णय हुन सक्छ’, उनले भने।

तत्कालको लागि मापदण्ड पूरा गरेका कम्पनीहरुलाई अंकित मूल्य १०० रुपैयाँमै आइपीओ ल्याउन स्वीकृति दिने धितोपत्र बोर्डले तयारी गरेको छ। ‘अहिले कैफियत देखिएकाबाहेक अन्य सबै मापदण्ड पूरा गरेका कम्पनीहरुलाई आइपीओ खुलाउने भन्ने विषयमा सबै एकमत छौँ’, धितोपत्र बोर्डका एक उच्च अधिकारीले भने, ‘सम्भवतः सञ्चालक समितिको बैठकले पनि यही निर्णय गर्ला।’

अहिले सम्म बोर्डको पाइपलाइनमा ३५ कम्पनी आइपीओ निष्कासनको अनुमतिको प्रक्रियामा रहेकाछन्  ।

 

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार