यूनाइटेड अजोड इन्स्योरेन्सको साढे २ लाख कित्ता संस्थापक सेयर बिक्रीमा

Prabhu

काठमाडौं । मल्टीपर्पस फाइनान्स लिमिटेडको संस्थापक शेयरधनी यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडले आफ्नो नाममा रहेको २ लाख ५० हजार ९७१ कित्ता संस्थापक शेयर बिक्री गर्ने भएको छ ।

इन्स्योरेन्सले आफ्नो नाममा रहेको संस्थापक सेयर बिक्री गर्ने भएको हो । सेयर खरिदको लागि पहिलो प्राथमिकता संस्थापक सेयरधनीहरुलाई दिइएको छ ।
लिलामी शेयरमा संस्थापक सेयरधनी बाहेकका व्यक्ति, संस्था वा कम्पनीले आवेदक हुन नपाउने ब्यबस्था गरेको छ  ।

इच्छुक संस्थापक सेयरधनीले आज बैशाख १० गतेदेखि ३५ दिनभित्र मल्टीपर्पस फाइनान्सको कम्पनी सचिवको कार्यालयमा आवेदन दिन सक्ने छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार