निरन्तर ओरालो लागेको सेयर बजार झिनो अंकले बढ्यो

Prabhu

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक शून्य दशमलव १५ अङ्कले बढेर एक हजार नौ सय ६९ दशमलव १७ अंकमा पुगेको छ ।
बुधबार ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक शून्य दशमलव ६० अङ्कले बढेर तीन सय ४८ मा पुगेको छ । कूल ७२ लाख ८४ हजार दुई सय ७२ कित्ता शेयर दुई अर्ब ५३ करोड ६४ लाख ३१ हजार नौ सय ९८ रुपैयाँ मूल्यमा खरिद बिक्री भएका छन् । कारोबार भएकामध्ये नेपाल रि इन्स्योरेन्स कम्पनीको प्रोमोटर सेयर शीर्ष स्थानमा रहन पुग्यो ।
सो कम्पनीको ६३ करोड ३० लाख ९३ हजार दुई सय ५८ मूल्यमा खरिद बिक्री भएको छ । पोखरा फाइनान्स १४ करोड ८० लाख १६ हजार तीन सय ८२ , गोर्खाज फाइनान्सको आठ करोड ४० लाख २० हजार पाँच सय ४८ , नेपाल फाइनान्सको पाँच करोड ७४ लाख ९६ हजार आठ सय ९९ र पिपुल्स पावरको चार करकोड ८१ लाख ५३ हजार एक सय ९३ मूल्यमा कारोबार भई शिर्ष पाँच भित्र पर्न सफल भएका छन् ।

नेप्सेका अनुसार पोखार फाइनान्स ५१ दशमलव ४०, गुराँस लघुवित्त वित्तीय संस्था १७५, सर्पोट माइक्रोफाइनान्स १००, नेपाल फाइनान्स २४ दशमलव ९०, एनआरएन लिमिटेड २७ दशमलव ५० प्रतिशतले कमाएका छन् । माइखोला हाइडोपावर ४०, नबिल ऋणपत्र ३९ दशमलव ४०, महिला लघुवित्त ६७, लक्ष्मी उन्नति कोष शून्य दशमलव ३२ र रिभर फल्स पावरका लगानीकर्ताले १३ प्रतिशतले गुमाएका छन् । बुधबार वाणिज्य बैंक, फाइनान्स, उत्पादनले कमाउँदा अन्य कम्पनीहरुले भने गुमाउनु परेको थियो ।
बुधबार दुई सय ४५ वटा कम्पनीको सेयर कारोबार भएको थियो । जसमा ९३ वटाले आम्दानी एक सय ४२ वटा कम्पनीले गुमाए भने १० वटा कम्पनीको सेयर मूल्य स्थिर रहन पुग्यो । सोमबार नेप्से १५ दशमलव ४१ अंकले घटी एक हजार नौ सय ६९ दशमलव शून्य दुईमा बिन्दुमा पुगेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार