झिनो अंकले घट्यो सेयर बजार

Prabhu

काठमाडौं ।  नेप्से परिसुचाङ्क साताको अन्तिम दिन बिहीबार ४.९७ अंकले घटेको छ । बिहीबार ४.९७ अंकले घट्दा नेप्से १९६४.२० बिन्दुमा पुगेको छ ।
नेप्सेमा बिहीकार ६१ लाख ४६ हजार दुई सय २२ कित्ता सेयर कारोबार हुदाँ रकम भने २ अर्ब २८ करोड ७८ लाख २४ हजार ८ सय २६ रुपैयाँ ७२ पैसाको कारोबार भएको छ । बिहीबार बैंकिङ समूह २.०५, विकास बैंक ७.४५, होटेल र पर्यटन २१.४३, हाइड्रोपावर ११.२२, लगानी सूचक ०.२२, उत्पादन ४७, माइक्रोफाइनान्स १४.३६ र अन्य ५.७४ ,व्यापार १२.१६ र अन्य ८.२० अंकले घटेको छ । फाइनान्स ६२.५३, जीवन बिमा ४३.८३, निर्जिबन बिमा २०.८९ अंकले बढेको छ ।
बिहीबार सबैभन्दा बढी कारोबार पोखरा फाइनान्सको ११ करोड २६ लाख ४६ हजार रकम कारबोर भएको छ । त्यसपछि मल्टिपपोज फाइनान्स नौ करोड ४० लाख, पिपुल्स पावर ८ करोड ५९ लाख र गोर्खाज ८ करोड , आइएमइ लाइफ इन्स्योरेन्सको सात करोड ५९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।
सबैभन्दा बढी कमाउनेमा मल्टि पप्रोज फाइनान्स, पोखारा फाइनान्स, स्वलम्बन लघुवित्त, ग्लोबल आइएमई ब्यालन्स फण्ड, वेस्ट फाइनान्सले सबैभन्दा कमाउदाँ सबैको लघुवित्त, माइखोला, एनआरएन बैंक, मानुषी लघुवित्तले गुमाए । बु्धबार भने शेयर कारोबार मापक नेप्से परिसूचक बढेको थियो । बुधबार नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक शून्य दशमलव १५ अङ्कले बढेर एक हजार नौ सय ६९ दशमलव १७ अंकमा पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार