७ अंकले घट्यो सेयर बजार

काठमाडौं । साताको अन्तिम दिन बिहीबार सेयर कारोबार मापक नेप्से परिसूचक ७ दशमलव ३१ अंकले घटेको छ । अघिल्लो दिन दोहोरो अंकले बढेर बन्द भएको नेप्से बिहीबार ७ दशमलव ३१ अंकले घटेर सेयर बजार १ हजार ९ सय ९८ दशमलव ९६ अंकमा पुगेको छ । ठूला कम्पनीका मापन गर्ने सेन्सेटिभ इन्डेक्स भने १ दशमलव ४८ अंकले घटेर ३ सय ५६ दशमलव ०५ अंकमा पुगेको छ ।

बिहीबार कुल ३ सय ८ वटा  कम्पनीको ९४ लाख ९८ हजार २ सय ९८ कित्ता सेयर कारोबार भयो । बिहीबार बजार पुँजीकरण भने ३१ खर्ब ६९ अर्ब ६० करोड ७१ लाख रुपैयाँ रह्यो ।

बिहीबार ४ अर्ब १३ करोड ३३ लाख ६२ हजार रुपैयाँ बराबरको कारोबार हुदाँ ७८ वटा कम्पनीको सेयर मुल्य बढ्यो भने १ सय ६१ वटा कम्पनीको मुल्य घट्यो र ५ वटा कम्पनीको मूल्य स्थिर रह्यो ।

त्यस्तै , बिहीबार कारोबार भएका १३ उपसमूहहरु मध्ये सम्पूर्ण ११ वटा उपसमूहको सेयर मूल्य आरोलो लाग्दा २ वटा उपसमूहको मूल्य भने उकालो लागेको हो । बैकिङ ८ दशमलव ६२, विकास बैंक ८५ दशमलव ५९, फाइनान्स १० दशमलव २२, होटल तथा पर्यटन २३ दशमलव ३० , जलविद्युत २७ दशमलव १४, लगानी ० दशमलव १५, जीवन बिमा ४१ दशमलव ३९, उत्पादन २ दशमलव ६२ , म्युुचअल फण्ड ० दशमलव ०६, निर्जिवन बिमा १ सय २ दशमलव ६२ र अन्य १२ दशमलव ९५ अंकले घट्को छ । माइक्रोफाइनान्स १ सय ३९ दशमलव १३ र व्यपार १ दशमलव ८८ अंकले बढेको हो ।
बिहीबार सबैभन्दा बढी कारोबार हुनेमा आइएमई लाइफ इन्स्योरेन्स, पोखारा फाइनान्स, गोर्खाज फाइनान्स, साइन रेसुँगा विकास बैंक, र नेपाल फाइनान्स रह्यो । आइएमई लाइफ इन्स्योरेन्सको २८ करोड ७७ लाख रुपैयाँ , पोखारा फाइनान्स २१ करोड ७८ लाख रुपैयाँ, गोर्खाज फाइनान्सको १५ करोड ८० लाख रुपैयाँ, साइन रेसुँगा विकास बैंकको १३ करोड १७ लाख रुपैयाँ, नेपाल फाइनान्स १० करोड ५६ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । त्यस्तै, बिहीबार सबैभन्दा बढी कमाउनेमा समता घरेलु लघुवित्त, इन्फीनिटी लघुवित्त , साधना लघुवित्त, विजय लघुवित्त र आरएसडिसि लघुवित्त रहे भने सबैभन्दा बढी गुमाउनेमा पिपुल्स पावर, ग्रीन डेभ्लपमेन्ट बैंक, सिन्धु विकास बैंक, सप्तकोसी विकास बैंक र हिमालय हाइड्रोका लगानीकर्ता रहे ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार