सन नेपाल लाइफ हकप्रद शेयर निष्कासन गर्ने

Prabhu

काठमाडौँ । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले हकप्रद शेयर निष्कासन गर्ने भएको छ । कम्पनीले १ः०.२७ को अनुपातमा हकप्रद जारी गर्ने लागेको हो ।

साविकका शेयरधनीलाई प्रति शेयर १ सय रुपैयाँ दरको १ करोड ६ लाख ९६ हजार ३ सय २० कित्ता बराबरको हकप्रद शेयर निष्काशन तथा विक्रीका लागि नेपाल एसबिआई मर्चेण्ट बैकिङ्ग लिमिटेड निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त भएको छ ।

कम्पनीको कार्यालय न्युप्लाजा, पुतलीसडक, काठमाण्डौमा बिहीबार आयोजित एक समारोहबिच एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेडका तर्फबाट प्रबन्ध संचालक तथा प्रमुख कार्यकारी अधिकृत लेखनाथ पोख्रेल र इन्स्योरेन्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत राज कुमार अर्यालले धितोपत्र निष्काशन तथा विक्री प्रबन्धक सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार