सिटिजन लाइफ इन्स्योरेन्सले नगद लाभांश वितरण गर्ने

Prabhu

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सले बोनश शेयर तथा नगद लाभांश वितरण गर्ने भएको छ ।

कम्पनीको सञ्चालन समितिको १ सय ६ औं बैठकले कम्पनीको शेयर प्रिमियम रकमबाट हाल विद्यमान चुक्त पूँजी ३ अर्ब ९३ करोड ७५ लाख रुपैयाँको २६ ददशमलव ९८४१ प्रतिशत अर्थात् १ अर्ब ६ करोड २५ लाख रुपैयाँ बराबरको बोनस शेयर तथा सोको कर प्रयोजननार्थ १ दशमलव ४२०२ प्रतिशतका दरले हुन आउने ५ करोड ५९ लाख २१ हजार ५२ रुपैयाँ ६३ पैसा बरारबको अन्तरिम लाभांंश अर्थात् नगद लाभांश वितरण गर्ने जनाएको छ ।

यसका लागि कम्पनीले बीमा प्राधिकरणको स्वीकृति तथा कम्पनीको आगामी विशेष साधारण सभाबाट पारित गर्ने समेत बताएको छ ।इन्स्योरेन्सले चुक्ता पूँजी बृद्धि गर्नका लागि सो लाभांश वितरण गर्न लागेको बताएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार