एलएस क्यापिटलले सनराइज होल्डिङ्स प्रा.लि. लाई कर्पोरेट एडभाइजरी सेवा दिने

Prabhu

काठमाडौं ।  एलएस क्यापिटल र सनराइज होल्डिङ्स प्राइभेट लिमिटेड  बीच कर्पोरेट एडभाइजरी सेवा उपलब्ध गराउने सम्बन्धी सम्झौता भएको छ । एलएस क्यापिटलले सनराइज होल्डिङ्सलाई कर्पोरेट एडभाइजरी सेवा उपलब्ध गराउने र प्रारम्भिक सार्वजनिक प्रस्ताव (आईपीओ) तर्फ लैजान आवश्यक काम गर्नेछ ।

सो सम्झौता पत्रमा एलएस क्यापिटलका प्रमुख कार्यकारी अधिकृत विजयलाल श्रेष्ठ र सनराइज होल्डिङ्गस् प्राइभेट लिमिटेडका कार्यकारी अध्यक्ष सुभाष अमात्यले सम्झौतामा हस्ताक्षर गरेका छन् ।

सन् २०१४ मा स्थापना भएको सनराइज होल्डिङ्गस् प्राइभेट लिमिटेडको मुख्य उद्देश्य जलविद्युत, यातायात, कृषि र पर्यटन जस्ता आवश्यकीय सरकारका प्राथमिक क्षेत्रहरूमा रणनीतिक रूपमा लगानी गर्नु हो । कम्पनीको चुक्ता पुँजी ४२ करोड रुपैयाँ रहेको छ । लगानी कम्पनीको रूपमा हाल स्टक एक्सचेन्जमा सुचिकृत धितोपत्र कारोवार, पोर्टफोलियो ब्यवस्थापन, लगानी र परामर्श सेवाहरू मार्फत पूँजी बजारमा सक्रिय रूपमा सहभागी भई कम्पनीले दिर्घकालीन तथा अल्पकालीन जस्ता विभिन्न लगानी योग्य क्षेत्रहरूको पहिचान गरी लगानीलाई थप प्रभावकारी रुपमा अगाडि बढाउने लक्ष्य राखेको छ ।

एलएस क्यापिटल लक्ष्मी सनराइज बैंकको पूर्ण स्वामित्वमा संचालित सहायक कम्पनी हो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार