फेरि स्थिरमा पुग्यो नेप्से, कारोबार रकम भने २ अर्ब ५० करोड

Prabhu

काठमाडौं । गत साता सोमबार स्थिर रहेको नेप्से परिसूचक बुधबार पनि स्थिर रहेको छ । मंगलबार २.०६ अंकले बढेर बन्द भएको नेप्से परिसूचक बुधबार ०.२१ अंकले घटेर १ हजार ९ सय ६०.६० अंकमा पुगेर बन्द भएको छ । बुधबार क वर्गको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स ०.१७ अंकले घटेर ३ सय ४९.४० बिन्दुमा पुगेको हो ।

बुधबार ३ सय ५ वटा कम्पनीको ४१ हजार १ सय ३७ पटक कारोबार हुदाँ कारोबार रकम भने २ अर्ब ५४ करोड ७० लाख ३० हजार रुपैयाँ रहन पुग्यो । बुधबार बजार पुँजीकरण भने ३१ खर्ब ८ अर्ब ७७ करोड ४९ लाख रुपैयाँ रह्यो ।बुधबार १ सय २४ वटा कम्पनीको सेयर मुल्य बढ्यो भने १ सय ७ वटा कम्पनीको मुल्य घट्यो र १२ वटा कम्पनीको मूल्य स्थिर रह्यो ।बुधबार कारोबार भएका १३ उपसमूहहरु मध्ये सम्पूर्ण ९ वटा उपसमूहको सेयर मूल्य आरोलो लाग्दा ४ वटा उपसमूहको मूल्य भने उकालो लागेको हो । जसमा फाइनान्स, जलविद्युत, माइक्रोफाइनन्स र व्यपार समूह रहेको छ । बैकिङ २ दशमलव ६१, विकास बैंक ६ दशमलव ९०, होेटल तथा पर्यटन २४ दशमलव ७० , लगानी ० दशमलव ३५, जिवन बिमा ३७ दशमलव ६१, उत्पादन ६९ दशमलव १२, म्युअचल फण्ड ० दशमलव ०८, निर्जिबन बिमा २० दशमलव १८ र अनय १८ दशमलव ५२ अंकले घट्न पुगे । फाइनान्स ६४ दशमलव ८६, जलविद्युत ० दशमलव ५०, माइक्रोफाइनान्स १ सय १६ दशमलव १५ र व्यापार ४ दशमलव ०१ अंकले बढ्न पुगे ।

बुधबार सबैभन्दा बढी कारोबार हुनेमा फ्रस्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीयक संस्था, ग्रामिण विकास लघुवित्त वित्तीय संस्था, हिमालयन डिष्ट्रीलरी , प्राइम कर्मसियल बैंक प्रोमोटर सेयर र गोर्खाज फाइनान्स रहे । फ्रस्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीयको १० करोड ६० लाख रुपैयाँ, ग्रामिण विकास लघुवित्त वित्तीय संस्थाको ७ करोड १५ लाख रुपैयाँ, हिमालयन डिष्ट्रीलरीको ५ करोड ८६ लाख रुपैयाँ , प्राइम कर्मसियल बैंक प्रोमोटर सेयरको ५ करोड ७१ लाख रुपैयाँ र गोर्खाज फाइनान्सको ५ करोड ६८ लाख रुपैयाँ बराबर कोरोबार भएको छ ।
त्यस्तै, बुधबार सबैभन्दा बढी कमाउनेमा इन्फीनिटी लघुवित्त, डोल्टी पावर कम्पनी लिमिटेड, ग्रामिण विकास लघुवित्त वित्तीय संस्था, र सिर्जनशील लघुवित्त वित्तीय संस्था रहे भने सबैभन्दा बढी गुमाउनेमा कुमारी सबल योजना, मैलैङ खोला जलविद्युत कम्पनी, आरबिबि म्युअचल फण्ड, बरुण हाइड्रो र समलिङ पावर कम्पनी लिमिटेडका सेयरधनी रहे ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार