५.६३ अंकले सुध्रिएको सेयर बजारमा कारोबार रकम ३ अर्ब

Prabhu

काठमाडौं । साताको अन्तिम दिन बिहीबार सेयर बजारमा सुधार आएको छ । बिहीबार सेयर कारोबार नेप्से परिसूचक ५.६३ अंकले बढेर १ हजार ९ सय ६६.२३ अंकमा पुगेर बन्द भएको छ । यो सँगै बुधबार स्थिर रहेको सेयर बजारमा बिहीबार भने सुधार देखिएको हो । बिहीबार क वर्गको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स १.१९ अंकले बढेर ३ सय ५०.६० बिन्दुमा पुगेको हो ।

बिहीबार ३ सय १३ वटा कम्पनीको ४९ हजार ३ सय ३२ पटक कारोबार हुदाँ कारोबार रकम भने ३ अर्ब १२ करोड १२ लाख ८६ हजार रुपैयाँ रहन पुग्यो । बिहीबार  बजार पुँजीकरण भने ३१ खर्ब १७ अर्ब ७० करोड २१ लाख रुपैयाँ रह्यो ।

बिहीबार १ सय १५ वटा कम्पनीको सेयर मुल्य बढ्यो भने १ सय १५ वटै कम्पनीको मुल्य घट्यो र १४ वटा कम्पनीको मूल्य स्थिर रह्यो ।
बिहीबार कारोबार भएका १३ उपसमूहहरु मध्ये सम्पूर्ण १० वटा उपसमूहको सेयर मूल्य उकालो लाग्दा बाँकी ३ वटा उपसमूहको मूल्य भने आरोलो लागेको हो । जसमा जीबन बीमा, उत्पादन र माइक्रोफाइनन्स समूह रहेको छ । बैकिङ ४ दशमलव ७५, विकास बैंक ३२ दशमलव १०, फाइनान्स १४ दशमलव ३१ , होेटल तथा पर्यटन ३ सय ४२ दशमलव ८७ , जलविघुत ४ दशमलव ९३, लगानी ० दशमलव १६ , म्युअचल फण्ड ० दशमलव ०३, निर्जिबन बिमा १६ दशमलव ०३, अन्य ० दशमलव २९ र व्यापार २ दशमलव ११ अंकले बढेको हो । जीबन बीमा ४३ दशमलव ५७, उत्पादन ७ दशमलव ८३ र माइक्रोफाइनन्स समूह ३८ दशमलव ९५ अंकले घटेको हो ।

बिहीबार सबैभन्दा बढी कारोबार हुनेमा नेपाल फाइनान्स, सोल्टी होटल, फ्रस्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था, पोखरा फाइनान्स र हिमालयन डिष्ट्रीलरी रहे । नेपाल फाइनान्सको १६ करोड ९७ लाख रुपैयँ , सोल्टी होटलको १४ करोड ४७ लाख रुपैयाँ, फ्रस्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको ९ करोड ६६ लाख रुपैयाँ, पोखरा फाइनान्सको ९ करोड ५९ लाख रुपैयाँ र हिमालयन डिष्ट्रीलरीको ७ करोड १८ लाख रुपैयाँ बराबर कारोबार भयो ।त्यस्तै, बिहीबार सबैभन्दा बढी कमाउनेमा आरेन्टल होटेल्स, सिटी होटल, सोल्टी होटल, तारागाँउ रेजेनसी र नेपाल बैंक लिमिटेड रहे भने सबैभन्दा बढी गुमाउनेमा कुमारी सबल योजना, सबैको लघुवित्त वित्तीय संस्था, वीन नेपाल लघुवित्त वित्तीय संस्था, साधना लघुवित्त वित्तीय संस्था र मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाका सेयरधनी रहे ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार