प्रभु इन्स्योरेन्सको नाफामा भारी बृदी

Prabhu

काठमाडौं ।  प्रभु इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०८० /८१ को तेस्रो त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ । कम्पनीको प्रकाशित  वित्तीय विवरण अनुसार अधिकांश सूचङ्क सकारात्मक देखिएका छन् ।

कम्पनीले आर्थिक बर्ष २०८०\०८१को  तेस्रो त्रैमाससम्म ३९ करोड १४ लाख नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ११ करोड ६१ हजार नाफा गरेको थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको नाफा २३७ प्रतिशतले बढेको हो ।

चालु आर्थिक वर्षको समिक्षा अवधिमा कम्पनीको संचिती जगेडा कोषमा १० करोड ३४ लाख  रहेको छ । अन्य इक्विटीमा २४ करोड २० लाख  रहेको छ ।

त्यस्तै, समिक्षा अवधिमा कम्पनीले १ अर्ब ११ करोड ९६ लाख कुल बीमा शुल्क आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ९८ करोड ७१ लाख कुल बीमा शुल्क आर्जन गरेको थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको कुल बीमा शुल्क  बृद्धि भएको हो ।

समिक्षा अवधिमा कम्पनीले पुनर्बीमा मार्फत ६५ करोड ५२ लाख रुपैयाँ खर्चिएको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ६० करोड ५० लाख रुपैयाँ पुनर्बीमा मार्फत खर्चिएको थियो ।

कम्पनीले यस अवधिमा ४६ करोड ४३ लाख खुद बीमा शुल्क आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ३८ करोड २० लाख खुद बीमा शुल्क आर्जन गरेको थियो । गत वर्षको तुलनामा कम्पनीको खुद बीमा शुल्क २१ प्रतिशतले बढेको छ ।

समिक्षा अवधिमा कम्पनीले २ करोड ७६ लाख अभिकर्ता कमिशनमा खर्च गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ४ करोड २७ लाख  खर्च गरेको थियो । गत आर्थिक वर्षको तुलनामा कम्पनीले अभिकर्ता कमिशनमा कम रकम खर्च गरेको  छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार