सूर्यज्योति लाइफ इन्स्योरेन्सले शेयरधनीको नाममा जम्मा गर्यो नगद लाभांश

Prabhu

काठमाडौं ।  सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले यस वर्षको नगद लाभांश वितरण गरेको छ । कम्पनीले  १६औं वार्षिक साधारण सभाबाट पारित २४ दशमलव ७४ प्रतिशत नगद लाभांश सम्बन्धित शेयरधनीहरूको बैंक खातामा जम्मा गरेको हो ।

कम्पनीले वैशाख ६ गतेसम हितग्राही खातामा बैंक खाता नम्बर अद्यावधिक गराएका शेयरधनीहरूको बैंक खातामा नगद लाभांश जम्मा गरेको हो । नगद लाभांश बैंक खातामै जम्मा गरिने भएकाले हालसम्म पनि बैंक खाता नम्बर अद्यावधिक नगराएका शेयरधनीहरूले यथासिघ्र गराउन समेत कम्पनीले आग्रह गरेको छ ।

कम्पनीको १६औं वार्षिक साधारण सभाबाटै कम्पनीले १० दशमलव २६ प्रतिशत बोनस शेयर समेत पारित गरेको थियो । उक्त बोनस शेयर धितोपत्र दोस्रो बजारमा सूचीकृत भएपछि सम्बन्धित शेयरधनीहरूको हितग्राही खातामा जम्मा गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार