दोहोरो अंकले बढ्यो नेप्से, करिब साढे ३ अर्ब पुग्यो कारोबार रकम

काठमाडौं । साताको दोस्रो दिन सोमबार सेयर बजार दोहोरो अंकले बढेको छ । आइतबार सेयर कारोबार नेप्से परिसूचक ८.२६ अंकले बढेर बन्द भएको सेयर बजार सोमबार दोहोरो अंक अर्थात् २४.३९ अंकले बढेर १ हजार ९ सय ९८.८९ अंकमा पुगेर बन्द भएको छ । सोमबार क वर्गको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स ५.८३ अंकले बढेर ३ सय ५६.६५ बिन्दुमा पुगेको हो ।

सोमबार ३ सय २० वटा कम्पनीको ४५ हजार ८ सय २८ पटक कारोबार हुदाँ कारोबार रकम भने ३ अर्ब ४० करोड ८६ लाख ८ हजार रुपैयाँ रहन पुग्यो । सोमबार बजार पुँजीकरण भने ३१ खर्ब ६९ अर्ब ४८ करोड ४२ लाख रुपैयाँ रह्यो ।
सोमबार १ सय ४८ वटा कम्पनीको सेयर मुल्य बढ्यो भने ८५ वटा कम्पनीको सेयर मुल्य घट्यो र ११ वटा कम्पनीको मूल्य स्थिर रह्यो ।
सोमबार कारोबार भएका १३ उपसमूहहरु मध्ये सम्पूर्ण ८ वटा उपसमूहको सेयर मूल्य उकालो लाग्दा बाँकी ५ वटा उपसमूहको मूल्य भने आरोलो लागेको हो । जसमा फाइनान्स, होटल तथा पर्यटन उत्पादन , निर्जिवन बीमा र व्यापार समूह रहेको छ । बैकिङ ३२.८७ , विकास बैंक १२.५१, जलविघुत १३.६२, लगानी १.४८ , जीवन बीमा ५०.४४, माइक्रोफाइनान्स ३०.१८, म्युअचल फण्ड ०.०४ र अन्य १४.१० अंकले बढेको हो । फाइनान्स ४.१७, होटल तथा पर्यटन २२.६९, उत्पादन ६.८६ र निर्जीवन बीमा ३.५४ र व्यापार ८.३१ अंकले घटयो ।

सोमबार सबैभन्दा बढी कारोबार हुनेमा नेपाल रिइन्स्योरेनस प्रोमोटर सेयर, सिइडिबी हाइड्रो, कर्णाली विकास बैंक , पोखारा फाइनान्स र कुमारी बैंक रहे । नेपाल रिइन्स्योरेनसको ३० करोड ८० लाख रुपैयाँ, सिइडिबी हाइड्रोको २८ करोड २३ लाख रुपैयाँ, कर्णाली विकास बैंकको ९ करोड ३२ लाख रुपैयाँ , पोखारा फाइनान्सको ६ करोड ८५ लाख रुपैयाँ र कुमारी बैंकको ६ करोड ५६ लाख रुपैयाँ बराबर कारोबार भयो ।

सोमबार सबैभन्दा बढी कमाउनेमा नारायणी विकास बैंक, समाज लघुवित्त, मण्डु हाइड्रो, सिर्जनशील लघुवित्त र हिमालयन उर्जा कम्पनी रहे भने सबैभन्दा बढी गुमाउनेमा सिवाइसी लघुवित्त, आरम्भ चौत्तारी लघुवित्त, सनराइज फ्रस्ट म्युअचल फण्ड, एनआइसिएसिया ग्रोथ फण्ड र रिभर फल्स पावर रहे ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार