१९ प्रतिशतले घट्यो जीवन विकास लघुवित्तको नाफा

काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्थानको नाफा १९ प्रतिशतले घटेको छ । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा लघुवित्तको खुद नाफा २६ करोड ६५ लाख रुपैयाँ पुगेको हो । गत आर्थिक वर्षको तेस्रो त्रैमासको तुलनामा चालु आर्थिक वर्षको सोहि अवधिमा नाफामा १९ प्रतिशतले कमी हो । गत आर्थिक वर्षको सोहि अवधिमा खुद नाफा ३२ करोड ९२ लाख रुपैयाँ थियो ।

यसैबीच कम्पनीको कुल सम्पत्ति भने बढेको छ । चालु आर्थिक वर्षको नौ महिनामा कुल सम्पत्ति २८ अर्ब ५ करोड रुपैयाँ रहेको छ । जुन गत आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षको सोहि अवधिमा १४.२१ प्रतिशतले कुल सम्पत्ति बढेको हो । गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको कुल सम्पत्ति २४ करोड ५६ लाख रुपैयाँ रहेको थियो । कम्पनीको कुल दायित्व रकम पनि १५.५७ प्रतिशतले बढेको छ । चालु आर्थिक वर्षको नौ महिनामा कुल दायित्व २४ अर्ब ७८ करोड रुपैयाँ रहेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा कुल दायित्व २१ अर्ब ४४ करोड रुपैयाँ रहेको थियो । साथै इक्विटी पनि बढ्दा चालु आर्थिक वर्षको नौ महिनामा ३ अर्ब २७ करोड रुपैयाँ इक्विटी रहेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको इक्विटी ३ अर्ब ११ करोड रुपैयाँ रहेको थियो ।

त्यस्तै, समीक्षा अवधिमा कम्पनी सञ्चालन मुनाफा १ अर्ब ५३ करोड ७४ लाख रुपैयाँ रहेको छ । जुन गत आवको भन्दा १.४५ प्रतिशतले बढी हो । गत आवमा कम्पनी सञ्चालन मुनाफा १ अर्ब ५१ करोड ५४ लाख रुपैयाँ रहेको थियो । साथै समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी १ अर्ब १५ करोड १९ लाख रुपैयाँ रहेको छ । जुन गत आवको सोहि अवधिको तुलनामा ३.२० प्रतिशतले कमी हो । गत आवको सोहि अवधिमा १ अर्ब १९ करोड १ लाख रुपैयाँ रहेको थियो ।

त्यस्तै, समिक्षा अवधिमा खुद फि तथा कमिशन १ अर्ब २५ करोड १७ लाख रुपैयाँ रहेको छ । जुन गत आवको तुलनामा १०.२४ प्रतिशतले कम हो । गत आवको सोहि अवधमिा १ अर्ब ३९ करोड ४५ लाख रुपैयाँ थियो । समक्षिा अवधिमा इम्पेरिमेन्ट चार्ज ४६ करोड ७३ लाख रुपैयाँ रहेको छ जुन गत आवमा ३१ करोड ७२ लाख रुपैयाँ रहेको थियो ।

यो सँगै कम्पनीको खराब कर्जा पनि ४.९१ प्रतिशतबाट घटेर ४.७९ प्रतिशतमा झरेको छ । समीक्षा अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी २७.८५  रुपैयाँबाट घटेर १९.७८  रुपैयाँ पुगकेो छ । भने मूल्य आम्दानी अनुपात ४९.३० गुणा, प्रतिशेयर नेटवर्थ २४३.०५ रुपैयाँ, तरलता अनुपात ८.५७ प्रतिशत र प्रतिशेयर कुल सम्पत्तिको मूल्य २०८२.१२ रुपैयाँ रहेको छ ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार