पुँजीबजार र लुघवित्त ऋणीको समस्या समाधान गरिने

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार आगामी आर्थिक वर्ष २०८१÷८२ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छन् । राष्ट्रपति पौडेलेले संघीय संसदको दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्दै आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गरेका हुन् ।
उनले अर्थतन्त्रको पुनरुत्थान, राज्यका सबै तहमा सुशासनको प्रत्याभूति विकास निर्माण कार्यमा तीव्रता, सेवा प्रवाहमा सरलीकरण, सार्वजनि सेवा प्रवाह र भ्रष्टचार निवारण सरकारको प्रमुख प्राथमिकता हुने बताए ।
उनले सरकारी खर्च कार्यान्वयनमा सुधार गरिनेछ तथा राजस्वको स्रोत खोजिने बताए । आन्तरिक ऋणको उपयोग पूँजी निर्माणको लागि गरिने उनको भनाई छ । वित्तीय क्षेत्रलाई स्वस्थय र प्रतिस्पर्धाी बनाउने छ , यसका लागि बैंक तथा वित्तीय र पुँजीबजारमा देखिएको समस्या समाधान गरिने , लुघवित्त ऋणको समस्या समाधान गरिने बताइएको छ । साथै छरिएका योजनालाई एकिकृत गरिने छ ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार