भारतको रेलमार्ग प्रयोग गरी व्यापार लागत कमी गरिने प्राथमिकतामा

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार आगामी आर्थिक वर्ष २०८१÷८२ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छन् । राष्ट्रपति पौडेलेले संघीय संसदको दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्दै आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गरेका हुन् ।

नीति तथा कार्यक्रममार्फत् भारतको रेलमार्ग प्रयोग गरी व्यापार लागत कमी गरिने छ, जाँच चौकी निर्माण गरिने छ, अन्तराष्ट्रिय व्यापारको लागत घटाइनेछ , निर्यात हुन सक्ने वस्तुहरुको भौगोलिक संकेत प्रयोग गरिनेछ , निर्यात वस्तु तथा सेवाको पहिचान गरी ती क्षेत्र घोषणा गरिने छ , कृषि तथा उत्पादनको उत्पादकत्वलाई वृद्धि गर्नेलाई सहयोग गरिने छ । पेट्रोलियम पदार्थको लागि पाइपलाइन निर्माण तथा ग्रीन हाइडोजन उत्पादन प्राथमिकतामा राखिने गरिने बताइएको छ ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार