प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको संस्थापक शेयर बिक्रिमा

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले २५ लाख ८४ हजार ६ सय २५ कित्ता संस्थापक शेयर बिक्री गर्ने भएको छ  ।

कम्पनीको संस्थापक शेयर बिक्रि गर्ने सम्बन्धि  सुचना प्रकाशित भए अनुसार  प्रभु बैंक शेयर धनी रहेको  २१ लाख ९६ हजार कित्ता, विराटकुमार शेयर धनी रहेको   १ लाख ४१ हजार ३ सय २५ कित्ता, विनिता शेयर धनी रहेको   १ लाख कित्ता, यादवेन्द्र गौतम शेयर धनी रहेको  १ लाख ९ हजार ८ सय कित्ता र प्रजितराज पराजुली शेयर धनी रहेको  ३७ हजार ५ सय कित्ता गरी जम्मा २५ लाख ८४ हजार ६ सय २५ कित्ता संस्थापक शेयर बिक्री गर्न हो ।

बिक्रिमा रहेको संस्थापक शेयर खरिद गर्न इच्छुक कम्पनीका हालका संस्थापक शेयरधनीले सुचना प्रकाशित भएको मितिले ३५ दिनभित्र कम्पनीको कमलादीमा रहेको केन्द्रीय कार्यालयमा आवेदन बिनु पर्नेछ   ।

प्रकाशित सुचना अनुसार  कम्पनीले  तोकिएको समयभित्र संस्थापक शेयर  खरिद आवेदन नपरेमा कानुनबमोजिम अन्य व्यक्ति तथा संघसंस्थालाई सेयर बिक्रीको लागि  प्रक्रिया अघि बढाइने छ ।

 

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार