राष्ट्र बैंकले भन्यो, ‘घरजग्गा कारोबारमा शिथिलता आउँदा अर्थतन्त्र समस्यामा’

काठमाडौं । नेपाल राष्ट्र बैंकले घरजग्गा कारोबारमा आएको शिथिलता र सहकारी संस्थाहरुमा देखिएको समस्याका कारण मुलुकको आर्थिक वृद्धिदर कम हुने देखिएको बताएको छ । चालू आर्थिक वर्ष २०८०/०८१ को मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षामा राष्ट्र बैंकले घरजग्गा कारोबारमा देखिएको शिथिलता र सहकारी समस्याले समग्र आर्थिक वृद्धिदर कमजोर हुने देखिएको बताएको हो ।

‘घरजग्गा कारोबारमा देखिएको शिथिलता, सहकारी क्षेत्रमा देखिएका समस्या, पूँजीगत खर्च अपेक्षित विस्तार हुन नसकेको अवस्था तथा युवाहरू वैदेशिक रोजगारी र अध्ययनको लागि विदेश जानु लगायतका कारणले आन्तरिक माग अपेक्षित विस्तार हुन नसकेको स्थिति छ’, मौद्रिक नीति समिक्षामा राष्ट्र बैंकले भनेको छ, ‘यसले गर्दा नेपालको समग्र आर्थिक वृद्धिदर कम नै रहने देखिएको छ ।’

घरजग्गा कारोबार २ वर्षदेखि ठप्प जस्तै छ ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार