चाँदीको आयात र बिक्री गर्ने व्यवस्था परिवर्तन गर्दै राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले चाँदी आयात तथा बिक्री वितरण सम्बन्धी विद्यमान व्यवस्था पुनरावलोकन गर्ने भएको छ । हस्तकला व्यवसायीहरुको सुझाव र माग सम्बोधन गर्न चाँदीको आयात तथा बिक्री वितरण सम्बन्धी हालको प्रावधान पुनरावलोकन गर्न लागिएको राष्ट्र बैंकले जनाएको छ ।

चालु आर्थिक वर्षको मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षामार्फत केन्द्रीय बैंकले चाँदी आयात तथा बिक्री वितरण सम्बन्धी हालको व्यवस्था परिमार्जन गर्ने जनाएको हो ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार