सहकारीको रकम अपचलन सम्बन्धि छानबिन र अनुसन्धान गर्न संसदीय छानबिन समिति बन्ने

काठमाडौं । सहकारीको रकम अपचलन सम्बन्धि छानबिन र अनुसन्धान गर्न सत्तारुट दल र प्रमुख पक्षदलको बिचमा सहमति संसदीय समिति बनाउने सहमति भएको छ । नेपाली कांग्रेसले सहकारी ठगिमा गृह मन्त्री नाम जोडिएपछि संसदीय छानबीन समिति बनाउन माग गरेर संसद अबरुद्द गर्दै आएको छ । शनिबार प्रधानमन्त्री निवासमा भएको सत्ता गठबन्धन र कांग्रेसका नेताकाबीचको छलफलमा संसदीय समिति गठन गर्न  सहमति जुटेको हो ।

सहकारी प्रकरणसम्बन्धी संसदीय छानबिन समितिको टीओआर बनाउन   सत्ता पक्ष र प्रतिक्षका सदस्य रहेको कार्यदल बनेको छ । कार्यदलको संयोजक संसदीय मामिलामन्त्री पदम गिरी लाई तोकिएको छ ।  समितिमा कांग्रेस सहमहामन्त्री जीवन परियार, एमाले प्रमुख सचेतक महेश बर्तौला र राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनाल सदस्य रहेका छन् ।

संभबत आज कार्यदलले काम, सकेर संसदीय छानबिन समिति बनेमा अबरुद्द संसद खुल्ने छ ।  राष्टपतिबाट संसदमा प्रस्तुत सरकारको नीति तथा कार्यक्रममा छलफल सुचारु हुनेछ ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार