प्रति तोला १६ सयले बढ्यो सुन

काठमाडौं । आइतबार सुन प्रति तोला १६ सय रुपैयाँले बढेको छ। शुक्रबार १ लाख ३९ हजार ३०० रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य १६ सय रुपैयाँले बढेर १ लाख ४० हजार ९०० रुपैयाँ कायम भएको छ।

यस्तै तेजाबी सुन प्रति तोला १ हजार ५५० रुपैयाँले बढेको छ। आज आइतबार तेजाबी सुनको मूल्य १ लाख ४० हजार २०० रुपैयाँ कायम भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। शुक्रबार तेजाबी सुन प्रति तोला १ लाख ३८ हजार ६६५ रुपैयाँमा कारोबार भएको थियो।

यस्तै चाँदीमा प्रति तोला ११० रुपैयाँ बढेको छ। आइतबार चाँदीको मूल्य १ हजार ९१० रुपैयाँ कायम भएको छ। शुक्रबार चाँदा १ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार