उच्च विन्दुमा पुगेर फर्कियो सुनको मूल्य

काठमाडौं । सुनको मूल्य घटेको छ। सोमबार सुन प्रति तोला एक हजार रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाला सुन प्रति तोला १ लाख ४१ हजार रुपैयाँ र तेजावी सुन प्रतितोला १ लाख ४० हजार ३०० रुपैयाँ तोकिएको छ ।

सोमबार छापावाला सुन प्रति १० ग्राम १ लाख २० हजार ८८५ रुपैयाँ र तेजावी सुन प्रति १० ग्राम १ लाख २० हजार २८५ रुपैयाँ तोकिएको छ ।

त्यस्तै सोमबार चाँदीको मुल्य भने प्रतितोला १५ रुपैयाँले घटेको छ । आइतबार चाँदीको लागि १ हजार ८३५ रुपैयाँ तोकिएको छ भने चाँदी प्रति १० ग्रामको मूल्य भने १ हजार ५७३ रुपैयाँ तोकिएको छ ।

शुक्रबार सुन हालसम्मको सबैभन्दा उच्च विन्दु १ लाख ४२ हजार २०० रुपैयाँ प्रति तोला कारोबार भएको थियो।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार