RE
Global College

आईआईएमएस २०२५ मा ३२८ युनिट नेटा बुकिङ

इण्डोनेसिया । पीटी नेटा अटो इण्डोनेसियाले २०२५ इण्डोनेसिया इन्टरनेस्नल मोटर शो (आईआईएमएस) मा सफलतापूर्वक पहिलो सहभागिता जनाएको छ । फेब्रुअरी १३-२३ सम्म JIExpo Kemayoran, जकार्तामा आयोजित शोमा नेटा भी र नेटा एक्सले ३२८ बुकिङ प्राप्त गरेको छ ।
पीटी नेटा अटो इण्डोनेसियाका प्रबन्ध निर्देशक, क्रिस लान भन्छन्, ‘यो उपलब्धिले इण्डोनेसियाली ग्राहकहरूको विश्वास दर्शाउँछ र उच्च गुणस्तरीय, किफायती विद्युतीय सवारीहरू उपलब्ध गराउने हाम्रो प्रतिबद्धतालाई थप मजबुत बनाउँछ।’

आईआईएमएस २०२५ मा नेटाले ]  NETA V-II Urban Sport Concept प्रस्तुत गर्दै निःशुल्क वाल चार्जर, विशेष बीमा, र लाइफटाइम वारेन्टी जस्ता आकर्षक अफरहरू प्रदान गर्यो। साथै, नेटाले आफ्ना उपभोक्ताहरूलाई विशेष रूपमा स्टलमा आमन्त्रित गरी अन्तरक्रिया बढायो।लान भन्छन्, इण्डोनेसिया विश्वकै ठूला भ्ख् बजारमध्ये एक बन्ने सम्भावना राख्छ। नेटाले यस रूपान्तरणलाई समर्थन गर्दै बिक्रीपछिको सेवा सञ्जाल विस्तारमा केन्द्रित रहनेछ।’

यसैबीच, नेपालमा नेटाको आधिकारिक वितरक सीजी मोटर्सले एक हजार भन्दा बढी नेटा भी र नेटा एक्स बिक्री गरेको छ । कम्पनीसँग २२ बिक्री तथा सेवा केन्द्रहरू र २५० भन्दा बढी चार्जिङ स्टेशनहरू छ ।

NECO

Leave Your Comment

Related News