RE
Global College

साझा यातायातको सीईओका लागि पुन: दरखास्त आह्वान

काठमाडौं । साझा यातायातले प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदको नियुक्तिका लागि सिफारिस गर्न पुनः दरखास्त आह्वान गरेको छ ।

साझा यातायातको सीईओ नियुक्तिका लागि सिफारिस गर्न माघ २८ मा दरखास्त आह्वान गरिएकोमा तोकिएको म्यादभित्र दर्ता भएका दरखास्तहरू छानविन गर्दा साझा यातायातको प्रमुख कार्यकारी अधिकृत सिफारिस कार्यविधि, २०८१ को दफा (५) को उपदफा (२) बमोजिम तोकिएको आवश्यक सङ्ख्यामा दरखास्त आउन नसकेकोले पुन: दरखास्त आह्वान गरिएको हो । पूर्वप्रकाशित सूचना बमोजिमको योग्यता भएका इच्छुक नेपाली नागरिकहरुले यो सूचना प्रकाशन मितिले २१ एक्काइस दिनभित्र आवेदन दिन आह्वान गरिएको छ ।

आवेदन दिने अन्तिम २१‍औँ दिन सार्वजनिक विदा परेमा त्यसको भोलिपल्ट साझा यातायातको केन्द्रीय कार्यालय, पुल्चोक, ललितपुरमा पुनः दरखास्त आह्वान गरिएको साझा यातायातले जनाएको छ  । निर्धारित मितिभित्र प्राप्त हुन नआएको तथा रीत नपुगेको दरखास्त स्वीकृत नहुने सूचनामा उल्लेख छ ।

NECO

Leave Your Comment

Related News