RE
Global College

सलिकोको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडको १५ प्रतिशत नगद लाभांश सुरक्षित गर्ने आज मंगलबार अन्तिम मौका रहेको छ ।

२८ औँ वार्षिक साधारण सभा र लाभांश वितरण प्रयोजनका लागि कम्पनीले बैशाख १७ गते शेयरधनी दर्ता किताब बन्द (बुकक्लोज) गर्ने निर्णय गरेको छ । बुकक्लोज अनुसार बैशाख १६ गते मंगलबारभित्र नेप्सेमा कम्पनीको शेयर खरिद गरेर नाम दर्ता गराएका सेयरधनीहरूले मात्र साधारण सभामा सहभागी हुन तथा लाभांश प्राप्त गर्न योग्य हुनेछन् ।

साधारण सभा बैशाख २८ गते, ज्ञानेश्वरस्थित रानीमहल बैंकेट प्रालिमा बिहान १० बजे सुरु हुनेछ। सभाले सञ्चालक समिति बैठकले प्रस्ताव गरेको चुक्ता पुँजीको १५ प्रतिशत (कर सहित) नगद लाभांश प्रस्ताव पारित गर्नेछ ।

यस्तै सभामा लेखापरीक्षक नियुक्ति, सामाजिक उत्तरदायित्वअन्तर्गत गरिएको खर्चको अनुमोदन, र प्रबन्धपत्ररनियमावली संशोधन गर्न सञ्चालक समितिलाई अधिकार दिने जस्ता विशेष प्रस्तावहरू पनि प्रस्तुत हुनेछन् ।

NECO

Leave Your Comment

Related News