RE
Global College

एनएमबि बैंकको साढे ८६ हजार कित्ता संस्थापक शेयर बिक्रीमा, सर्वसाधारणले किन्न पाउने

काठमाडौं । एनएमबि बैंक लिमिटेडले ८६ हजार ७११ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ ।

बैंकका विभिन्न संस्थापक शेयरधनीहरुले आफ्नो नाममा कायम रहेको संस्थापक शेयर बिक्री गर्नका लागि संचालक समिति समक्ष निवेदन दिएपछि बैंकले  संस्थापक शेयर खरिद बिक्री गर्दा बैंकका अन्य विद्यमान संस्थापक शेयरधनीहरुलाई पहिलो प्राथमिकता दिनुपर्ने व्यवस्थाअनुसार ३५ दिने सूचना जारी गरेको थियो ।

तर उक्त समयावधिभित्र विद्यमान संस्थापक शेयरधनीहरुबाट शेयर खरिदकालागि कुनै आवेदन पेश हुन नआएपछि बैंकले सर्वसाधारणमा उक्त शेयर जारी गरेको छ ।

ईच्छुक व्यक्ति/संस्थाले शेयर खरिदका लागि १५ दिनभित्र कम्पनी सचिवको कार्यालय, बबरमहल, काठमाडौंमा निवेदन पेश गर्न सक्ने बैंकले जनाएको छ ।

NECO

Leave Your Comment

Related News