CLI
Global College

सूर्याेदय वोमी लघुवित्तको ३६ हजार कित्ता संस्थापक शेयर बिक्रीमा

काठमाडौं । सूर्याेज्योति लघुवित्त वित्तीय संस्था लिमिटेडले ३६ हजार ३४२ कित्ता संस्थापक शेयर कम्पनीकै विद्यमान संस्थापक शेयरधनीका लागि बिक्रीमा राखेको छ।

उक्त शेयर खरीद गर्न इच्छुक संस्थापक शेयरधनीले अबको ३५ दिनभित्र आवश्यक कागजात सहित नक्सालस्थित कुमारी क्यापिटल लिमिटेड वा ललितपुरस्थित कम्पनीको कर्पाेरेट कार्यालयमा निवेदन दिनु पर्नेछ।

तोकिएको म्यादभित्र संस्थापक शेयधरनीबाट शेयर खरीदका लागि निवेदन प्राप्त नभएमा सो शेयर सर्वसाधारणलाई बिक्री गर्न प्रक्रिया अघि बढाइने कम्पनीले बताएको छ।

 

Leave Your Comment

Related News