काठमाडौं । सोमबार नेपाल स्टक एक्सचेञ्ज , नेप्सेमा दुई वटा कम्पनीको ११ लाख बढी बोनस शेयर सूचीकृत भएको छ ।
आरएसडीसी लघुवित्तको ९.५० प्रतिशत र नेपाल हाइड्रो डेभ्लपर्सका ८ प्रतिशत बोनस शेयर सोमबार नेप्सेमा सूचीकृत भएको हो ।
सोमबार आएसडीसीको ८ लाख ९७ हजार ११३ कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो ।
सोमबार नै नेपाल हाइड्रो डेभ्लपर्सको २ लाख ८७ हजार ५५३ कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो ।


