काठमाडौं । मुलुकमा सञ्चालनमा रहेका करिब तीन दर्जन लघुवित्तको खुद मुनाफा करिब साढे ३ अर्ब पुगेको छ । उक्त लघुवित्तले सार्वजनिक गरेको चालु आर्थिक वर्ष (आव) को तेस्रो त्रैमासको वित्तीय विवरण अनुरुप खुद मुनाफा बढेको हो ।
तीन दर्जन लघुवित्तहरुमा छिमेक, डिप्रोक्स, जीवन विकास, मेरो माइक्रोफाइनान्स, डिप्रोक्स, आत्मनिर्भर, सिवाइसी नेपाल, स्वास्तिक, समाज, सपोर्ट, स्वाभिमान, ग्रामिण र हिमालयन लघुवित्त वित्तीय संस्था रहेका छन् । उक्त लघुवित्तहरुले चालु आवको तेस्रो त्रैमास अवधिमा ३ अर्ब ३२ करोड ७१ लाख १९ हजार खुद नाफा रहेको छ । जुन गत आवको सोहि अवधिको तुलनमा ३५.८८ प्रतिशतले बढी हो । उक्त लघुवित्तहरुको गत आवको तेस्रो त्रैमासमा खुद नाफा २ अर्ब ४४ करोड ८५ लाख २३ हजार रहेको थियो ।
चालु आवको तेस्रौ त्रैमासमा सबैभन्दा नाफा बढी छिमेक, डिप्रोक्स, जीवन विकास, ग्रामिण विकास, स्वरोजगार , ग्लोबल आइएमई लगायतका लघुवित्तको रहेको छ । चालु आवको तेस्रो त्रैमासमा छिमेकले ८५ करोड ३५ लाख,डिप्रोक्स ४३ करोड २१ लाख, जीवन विकासले ३५ करोड ५६ लाख, ग्रामिणले २४ करोड ६८ लाख , स्वरोजगारले १६ करोड २ लाख र ग्लोबल आइएमईले १५ करोड ३ लाख नाफा कमाएका छन् ।
समिक्षा अवधिमा मेरोमाइक्रोफाइनान्सले १२ करोड ९३ लाख, सम्पदाले १० करोड ७० लाख, सूर्योदयले ७ करोड ८६ लाख, फस्र्टले ७ करोड ६ लाख र कालिका लघुवित्तले ६ करोड ८० लाख नाफा कमाएको छ । तेस्रो त्रैमास अवधिमा नाफा कमाउने लघुवित्तहरुमा आशा, आरम्भ चौतारी, नेरुड सिवाईसी लगायतका लघुवित्तहरु पनि रहेका छन् । समिक्षा अवधिमा आशाले ६ करोड ५५ लाख, आरम्भले ६ करोड १३ लाख, नेरुडले ५ करोड ७९ लाख, सिवाईसीले ५ करोड ५८ लाख, हिमालयनले ५ करोड ३४ लाख, मिथिलाले ५ करोड ३२ लाख नाफा कमाएका छन् ।
समिक्षा अवधिमा मेरोमाइक्रोफाइनान्सले १२ करोड ९३ लाख, फस्र्टले ७ करोड ६ लाख, आत्मनिर्भरले २ करोड १४ लाख,सीवाइसीले ५ करोड ५८ लाख र स्वस्तिकले ६८ लाख खुद नाफा कमाएको छ । सोहि अवधिमा समाजले ३९ लाख, सपोर्टले ३ करोड ६ लाख, स्वाभिमानले ३ करोड ५७ लाख, ग्रामिणले २ करोड ४६ लाख र हिमालयन लघुवित्तले ५ करोड ३४ लाख खुद नाफा कमाएको छ । सोहि अवधिमा समाजले ५१ लाख, सपोर्टले १ करोड २३ लाख, स्वाभिमानले १८ लाख, ग्रामिणले २ करोड ११ लाख र हिमालयन लघुवित्तले १ करोड १३ लाख खुद नाफा कमाएको छ । समिक्षा अवधिमा एनएमबीले २ करोड ७५ लाख, मिथिलालो ५ करोड ३२ लाख, सिवाइसी नेपालले ५ करोड ५८ लाख, कालिकाले ६ करोड ८० लाख र जीवन विकासले ३५ करोड ५६ लाख नाफा कमाएको छ ।