CLI
Global College

नेरुडे मिर्मिरे लघुवित्तको १८औँ वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं । नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्थाको १८ औं वार्षिक साधारण सभा काभ्रेपलाञ्चोक धुलिखेल स्थित होटल सारथीमा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष मणिकुमार अर्ज्यालको सभाध्यक्षतामा सम्पन्न भएको सभाले संचालक समितिको तर्फबाट अध्यक्ष अर्ज्यालले प्रस्तुत गरेको आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गरेको छ ।

सभाले लेखा परीक्षकको लेखा परीक्षण प्रतिवेदन सहित २०८१ असार मसान्तको वासलात, सोही मितिमा समाप्त भएको आर्थिक वर्ष २०८०/८१ को नाफानोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह विवरण तथा लेखा सम्बन्धि नीतिहरु सहित सम्बन्धित अनुसूचीहरुमाथि छलफलगरी पारित समेत गरेको छ । साथै सभाले साविक मिर्मिरे लघुवित्त वित्तीय संस्था को मिति २०८०/११/२९ गते सम्मको लेखा परीक्षकको प्रतिवेदन लगायत विवरण तथा लेखा सम्बन्धि नीतिहरु समेत पारित गरेको छ ।

सभामा आर्थिक वर्ष २०८१/०८२ को लागि संस्थाको लेखापरीक्षण समितिको सिफारिसमा लेखापरीक्षकको नियुुक्ति तथा पारिश्रमिक समेत तोकेको छ भने विशेष प्रस्ताव अन्तर्गत संस्थाको कर्पोरेट कार्यालय सार्ने सम्बन्धमा संस्थाको प्रबन्धपत्र, नियमावली संशोधन तथा अन्य कुनै नियामक निकायहरुबाट कुनै संशोधन गर्न निर्देशन भएमा सो बमोजिमको नियमावली संशोधन गर्न संचालक समितिलाई अख्तियारी समेत दिएको छ ।

अठारौं साधारण सभाले वित्तीय संस्थाको नियमावलीमा व्यवस्था भए बमोजिम संचालक समितिमा प्रतिनिधित्व गर्ने संस्थापक समूहका ३ जनाको लागि मणिकुमार अर्ज्याल, सन्तोष फुयल, टेक बहादुर बोहरा चुनावी प्रक्रियाबाट निर्वाचित भएका छन् भने सर्वसाधारण समूहका ३ जना सञ्चालकहरु सुधिर कुमार श्रेष्ठ, सञ्जू घिमिरे र राजकुमार राई निर्विरोध रुपमा निर्वाचित भएका छन् । नयाँ चुनिएका संचालकहरु आगामी ४ वर्षको लागि संचालकमा निर्वाचित भएका हुन् ।

Leave Your Comment

Related News