CLI
Global College

बरुण हाइड्रोपावरले पायो शतप्रतिशत हकप्रद शेयर ल्याउने अनुमति

काठमाडौं । बरुण हाइड्रोपावर कम्पनीले नेपाल धितोपत्र बोर्डबाट हकप्रद शेयर जारी गर्ने अनुमति पाएको छ।

धितोपत्र बोर्ड आज जेठ ६ गते बरुण हाइड्रोपावरलाई हाल कायम चुक्तापुँजीको १०० प्रतिशत अर्थात १ः१ अनुपातमा हकप्रद शेयर जारी गर्न अनुमति दिएको हो। अब कम्पनीले आफ्ना शेयरधनीहरुलाई ५३ करोड ५८ लाख १५ हजार रुपैयाँबराबरको हकप्रद शेयर जारी गर्नेछ।

जसअनुसार कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल ५३ लाख ५८ हजार १५० कित्ता हकप्रद शेयर बिक्री गर्नेछ। शतप्रतिशत हकप्रद शेयर निष्कासन तथा बाँडफाँट पछि कम्पनीको चुक्तापूँजी १ अर्ब ७ करोड १६ लाख ३० हजार कायम हुनेछ ।

कम्पनीको शेयर निष्कासन तथा विक्री प्रबन्धमा आरबिबी मर्चेन्ट बैंकिङ लिमिटेड रहेको छ ।

 

Leave Your Comment

Related News