CLI
Global College

नेपाल इन्स्योरेन्सको अध्यक्षमा चन्द्र सिंह साउद नियुक्त

काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा चन्द्र सिंह साउद नियुक्त भएका छन्।

कम्पनीको जेठ १२ गते बसेको सञ्चालक समितिको बैठकले साउदलाई सर्वसम्मतिबाट अध्यक्षमा नियुक्त गरेको कम्पनी सचिव सुलना श्रेष्ठले जानकारी दिएकी छिन्।

साउद नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का पूर्व प्रमुख कार्यकारी अधिकृत हुन । कम्पनीको जेठ १२ गते बसेको सञ्चालक समितिको बैठकले कम्पनीको रिक्त सञ्चालक पदमा समता पन्तलाई मनोनय गर्ने निर्णय समेत गरेको छ ।

Leave Your Comment

Related News