RE
Global College

नेपाल बैंकका कर्मचारी र ग्राहकलाई सुजुकी गाडी खरिदमा छुट

काठमाडौं । नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरु र बैंकमा खाता रहेका ग्राहकहरूलाई सुजुकी गाडीको अधिकृत विक्रेता Nancy Automobiles Pvt. Ltd.  बाट गाडी खरिद गर्दा लाग्ने शुल्कमा विशेष छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ ।

सो सम्झौता बमोजिम नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरू र बैंकमा खाता रहेका ग्राहकहरूले Nancy Automobiles Pvt. Ltd. बाट Suzuki brand का विभिन्न modelका गाडीखरिद गर्दा कम्पनीबाट प्रदान गरिएको छुट बाहेक हुन आउने गाडीको खरिद रकममा थप ३० हजार देखि एक लाख ७५ हजार रुपैयाँ सम्म छुट हुने व्यवस्था गरिएको छ ।
सम्झौता पत्रमा बैकको तर्फबाट प्रमुख वित्त अधिकृत प्रकाश कुमार अधिकारी र Nancy Automobiles Pvt. Ltd. को तर्फबाट प्रबन्ध निर्देशक मधुकर शाहले हस्ताक्षर गरेका हुन् ।

NECO

Leave Your Comment

Related News