काठमाडौं । नेपालमा बीएमडब्ल्यू गाडीको एकमात्र आधिकारिक आयातकर्ता तथा डिलर लक्ष्मी प्रिमियम मोटर्सले नयाँ बीएमडब्ल्यू आईएक्स२ एसएभी (स्पोर्ट्स एक्टिभिटी भेइकल) भित्राएको छ। नयाँ बीएमडब्ल्यू आईएक्स२ ले नेपालमा विद्युतीय सवारी र दिगो यात्राप्रति बीएमडब्ल्यूको प्रतिबद्धता दर्शाउँछ। आकर्षक डिजाइन र स्मार्ट सिस्टमको संयोजन रहेको यस मोडलले नयाँ प्रविधि र दिगोपन रोज्ने ग्राहकहरुलाई उत्कृष्ट विकल्प प्रदान गर्दछ ।
बीएमडब्ल्यूले आफ्नो इलेक्ट्रिक लाइनअप विस्तार गर्दै बीएमडब्ल्यू आईएक्स२ इड्राइभ२० सार्वजनिक गरेको हो । यस गाडीले अधिकतम १५० किलोवाट/२०४ एचपी (अस्थायी बुस्टसहित) पावर उत्पादन गर्छ भने यसको रेन्ज ४३० देखि ४७५ किलोमिटरसम्म (डब्ल्यूएलपीटी प्रारम्भिक अनुमान अनुसार) रहेको छ । कम उर्जा खपत (प्रति १०० किमी १७.२ देखि १५.४ किलोवाट आवर) र शून्य उत्सर्जन भएको यो गाडीले प्रिमियम कम्प्याक्ट एसएभी सेग्मेन्टमा उत्कृष्ट रोजाई प्रदान गर्दछ ।
सन्तुलित पावर र शून्य उत्सर्जन
अन्य बीएमडब्ल्यू इलेक्ट्रिक गाडीहरूजस्तै, नयाँ बीएमडब्ल्यू आईएक्स२मा पनि पाँचौ पुस्ताको बीएमडब्ल्यू इड्राइभ प्रविधि प्रयोग गरिएको छ । यसले २५० एनएम टर्क उत्पादन गर्छ र ८.६ सेकेन्डमा ० देखि १०० किमी/घण्टाको गतिमा पुग्न सक्छ । यसको अधिकतम गति १७० किमी/घण्टा रहेको छ। ब्याट्रीको स्थान र तौल सन्तुलनलाई ध्यानमा राखी गाडीको फ्लोरमा राखिएको हाई भोल्टेज ब्याट्रीले ६६.५ किलोवाट आवर उर्जा प्रदान गर्दछ। यसमा रहेको आधुनिक मोटरले कम उर्जा खपत गरी अन्य गाडीहरूभन्दा धेरै दूरीसम्म चल्न सक्षम बनाउँछ ।
बीएमडब्ल्यू आईएक्स२ मा चार्जिङको लागि प्रशस्त विकल्पहरु रहेका छन् । यसमा रहेको कम्बाइन चार्जिङ युनिटले ११ किलोवाटसम्मको एसी चार्जिङ सपोर्ट गर्दछ । छिटो चार्जिङको लागि १३० किलोवाट सम्मको डिसी चार्जिङ पनि उपलब्ध छ । स्मार्ट ‘थर्मल प्रि-कन्डिसनिङ’ र एडभान्स्ड चार्जिङ सफ्टवेयरले चार्जिङ स्पिड र ब्याट्रीको आयु दुवैलाई लामो समयसम्म कायम राख्छ ।
बीएमडब्ल्यू आईएक्स२मा लक्जरी इन्टेरियर फिचरहरू समावेश छन्, जस्तै मोका रङको भर्नस्का लेदर सिट, प्यानोरामिक ग्लास रूफ, २-जोन अटोमेटिक एसी, र १२-स्पिकरको हरमन कार्डन साउन्ड सिस्टम ।
डाइनामिक ब्रेक कन्ट्रोल र अटो होल्ड सहित अत्याधुनिक सुरक्षा प्रणाली
बीएमडब्ल्यू आईएक्स२को सुरक्षा र सहायक प्रणालीहरू पनि अत्याधुनिक छन् । सुरक्षित यात्राको यसमा सवारी चालक र यात्रुका लागि एयरब्याग, डाइनामिक ब्रेक कन्ट्रोल (डीबीसी), अटो होल्ड फड्सनसहितको इलेक्ट्रोमेकानिकल पार्किङ ब्रेक र इन्टेग्रेटेड ब्रेकिङ सिस्टम राखिएको छ । साथै ड्राइभ(अफ असिस्टेन्ट र अटेन्टिभनेस असिस्टेन्टले सहरको ट्राफिक र लामो यात्रा दुवैलाई सुरक्षित, सहज र तनाव रहित बनाउँछ ।
काठमाडौं, तीनकुनेमा स्थित अत्याधुनिक शोरूमबाट लक्ष्मी प्रिमियम मोटर्सले हाल BMW
X1, X2, X3, x4, X7, iX1 (ब्याट्री इलेक्ट्रिक), iX3 (ब्याट्री इलेक्ट्रिक), 5 Series (प्लग-इन हाइब्रिड),
X5 (प्लग-इन हाइब्रिड) र 7 Series जस्ता मोडलहरू उपलब्ध गराइरहेको छ । नयाँ बीएमडब्ल्यू आईएक्स२को आगमनसँगै नेपालमा प्रिमियम इलेक्ट्रिक गाडीको क्षेत्रमा बीएमडब्ल्यूले आफ्नो उपस्थिति अझ बलियो बनाउनुको साथै डिजाइन, प्रविधि र वातावरणीय जिम्मेवारीको नयाँ उदाहरण प्रस्तुत गरेको छ ।