ट्रेड टावरको आईपीओ असार १ गते बाँडफाँड हुने

काठमाडौं । ट्रेड टावर लिमिटेडको प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) को बाँडफाँड असार १ गते आइतबार हुने भएको छ । बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटलका अनुसार उक्त दिन बिहान ९ बजे आईपीओ बाँडफाँड गरिनेछ ।

कम्पनीले जेठ १४ देखि २० गतेसम्म सर्वसाधारणका लागि ३२ लाख ९६ हजार ५०५ कित्ता शेयर निष्काशन गरेको थियो । सो आईपीओमा १९ लाख ६१ हजार ३९१ आवेदकले २ करोड ३३ लाख ६० हजार ७० कित्ताका लागि आवेदन दिएका छन् । यसले मागभन्दा ७.०८ गुणा बढी आवेदन परेको देखिएको छ ।

कम्पनीले ८१ करोड ५६ लाख रुपैयाँ जारी पुँजीमध्ये ४८.६९६ प्रतिशत अर्थात् ३९ लाख ७१ हजार ६९३ कित्ता शेयर निष्काशन गर्न धितोपत्र बोर्डबाट अनुमति पाएको थियो ।

जसअन्तर्गत वैदेशिक रोजगारमा रहेका नेपालीहरूका लागि १०% ले हुन आउने ३ लाख ९७ हजार १६९ कित्ता बिक्री भइसकेको छ। यस्तै कर्मचारीका लागि ७९ हजार ४३३ कित्ता, सामूहिक लगानी कोषका लागि १ लाख ९८ हजार ५८५ कित्ता छुट्याइएको थियो ।

अब बाँकी रहेको सर्वसाधारणको आईपीओ बाँडफाँड असार १ गते हुने तय भएको हो।

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार