CLI
Global College

आज पनि बढ्यो शेयर बजार, नेप्सेसँगै साढे १ अर्बले बढ्यो कारोबार

काठमाडौं । सोमबार बढेको शेयर बजार मंगलबार पनि बढेको छ । निरन्तर चार दिन घटे पछि सोमबार र मंगलबार शेयर बजार बढेको हो ।

मंगलबार नेपाल स्टक एक्सचेन्ज, नेप्से परिसूचक २५.०७ अंकले बढेर २६७८.१७ विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स भने ४५६.७७ विन्दुमा पुगेर बन्द भयो । साथै फोल्ट इन्डेक्स १.६८ अंकले र सेन्सेटिभ फोल्ट इन्डेक्स १.५२ अंकले बढेको हो ।

मंगलबार ३११ वटा कम्पनीको २ करोड ३६ लाख ९७ हजार १४५ कित्ता शेयर खरीद बिक्री हुँदा कारोबार रकम १० अर्ब १६ करोड ९ लाख ८१ हजार पुगेको छ । जुन सोमबारको तुलनामा कारोबार रकम १ अर्ब ४७ करोड १६ लाख ३१ हजारले बढी हो । सोमबार ३२४ वटा कम्पनीको १ करोड ७५ लाख १ हजार ८०२ कित्ता शेयर खरीद बिक्री हुँदा कारोबार रकम ८ अर्ब ६८ करोड ९३ लाख ५० हजार पुगेको थियो ।

यसैबीच मंगलबार बजार पुँजीकरण रकम भने ४४ खर्ब ६० अर्ब ९८ करोड पुगेको छ ।

यसदिन १९६ वटा कम्पनीकोे शेयर मूल्य बढ्दा ५२ वटा कम्पनीको शेयर मूल्य घटेको छ ।
यस दिन १३ वटै उपसमूह बढेको छ । बैंकिङ १३, विकास बैंक ३९, वित्त १२०, होटल र पर्यटन ८६, जलविद्युत १७, लगानी ०.७७, उत्पादन र प्रशोधन १८, लघुवित्त २९, म्युअुचल फण्ड ०.०४, निर्जीवन बीमा १५३, व्यापार ४५ र अन्य समूह ३५ अंकले बढेको हो ।

यस दिन रकमको आधारमा सर्वाधिक कारोबार हुने कम्पनीहरुमा हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभ्लपमेन्ट कम्पनीको प्रोमोटर शेयर, अरुण काबेली पावर, राधी विद्युत कम्पनी, सानिमा माई हाइड्रोपावर र ङादी ग्रुप पावर रहेको छ । हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभ्लपमेन्ट कम्पनीको प्रोमोटर शेयर ५८ करोड ४९ लाख, अरुण काबेली पावरको ५३ करोड १३ लाख, राधी विद्युत कम्पनीको ४६ करोड ५६ लाख, सानिमा माई हाइड्रोपावरको ४४ करोड ६९ लाख र ङादी ग्रुप पावरको ४२ करोड ५८ लाख बराबर कारोबार भयो ।

Leave Your Comment

Related News