साताको शेयर : ४ प्रतिशतले नेप्से बढ्दा कारोबार ८० अर्ब बढीले बढ्यो बजार पुँजीकरण

काठमाडौं । असारको पहिलो र दोस्रो साता नकारात्मक रहेको शेयर बजार असार तेस्रो साता भने सकारात्मक अवस्थामा आएको छ । असारको सुरुदेखि नै नकारात्मक रहेको शेयर बजार असार तेस्रो साता आइपुग्दा भने यो साताभर शेयर बजार बढेको छ ।
यो साता साताभर नेपाल स्टक एक्सचेञ्जे (नेप्से) परिसूचक बढ्दा कारोबार रकम समेत बढ्न पुगेको हो ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले उपलब्ध गराएका तथ्यांक अनुरुप गत साताको तुलनामा यो साता बजार पुँजीकरण रकम करिब ८० अर्ब बढीले बढेको छ । गत साताको तुलनामा यो साता बजार पुँजीकरण रकम ८० अर्ब ३० करोड ५६ लाखले बढेको हो , जुन लगानीकर्ताले आम्दानी गरेको रकम समेत हो ।
गत साता ४४ खर्ब २४ अर्ब ८८ करोड रहेको बजार पुँजीकरण रकम यो साता भने ४५ खर्ब ५ अर्ब १९ करोड पुगेको हो ।

त्यस्तै नेप्सका अनुसार गत साताको तुलनामा यो साता कारोबार रकम भने ४ अर्ब ८२ करोड ३५ लाखले बढेको छ ।
गत साता ३५ अर्ब १० करोड रुपैयाँ कारोबार रकम हुँदा यो साता भने सो रकम ३९ अर्ब ९३ करोड पुगेको हो ।

गत साताको तुलनामा यो साता कारोबार कित्ता शेयरको संख्या समेत बढेको छ । गत साताको तुलनामा यो साता कारोबार शेयर कित्ता १ करोड ५३ लाख ७५ हजारले बढेको हो । गत साता ८ करोड ६३ लाख ६२ हजार कित्ता शेयर खरिद बिक्री हुँदा यो साता १० करोड १७ लाख ३८ हजार कित्ता शेयर खरीद बिक्री भएको हो ।

नेप्सेले उपलब्ध गराएको तथ्यांक अनुरुप नेप्से परिसूचक पनि २७०० पुगेको छ । यो साता नेप्से परिसूचक २७०३.९६ विन्दुमा पुगेर बन्द भएको छ । जुन गत साताको तुलनामा यो साता नेप्से परिसूचक ४.१७ प्रतिशत अर्थात् १०८.२२ अंकले बढेको हो । गत साता नेप्से परिसूचक २५९५.७४ विन्दुमा पुगेर बन्द भएको थियो । यो साता सेन्सेटिभ इन्डेक्स पनि ४६४.४६ विन्दुमा पुगेर बन्द भएको छ । जुन गत साताको तुलनामा २०.५६ अंकले बढी हो । गत साता सेन्सेटिभ इन्डेक्स ४४३.९० विन्दुमा पुगेर बन्द भएको थियो ।

नेप्सका अनुसार समीक्षा अवधिमा समूहगत परिसूचकको हकमा भने शतप्रतिशत अर्थात् १३ वटा उप समुह बढेको छ । गत साताको तुलनामा यो साता सबैभन्दा उच्च अंकले जीवन बीमा सबैभन्दा कम अंकले म्युअुचल फण्ड बढेको हो ।

गत साताको तुलनामा यो साता व्यापार ३ अंकले बढ्दा बैंकिङ ७०, विकास बैंक ३८४, वित्त १७१, होटल र पर्यटन ८४, जलविद्युत ५५, लगानी ३.७ र जीवन बीमा १०५८ अंकले बढेको हो । त्यस्तै गत साताको तुलनामा यो साता उत्पादन र प्रशोधन १४७, लघुवित्त २३८, म्युअुचल फण्ड ०.४४ , निर्जीवन बीमा ८३३, व्यापार ३४ र अन्य समूह ५६ अंकले बढेको हो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार