RE
Global College

स्वस्तिक लघुबित्त बित्तिय संस्थाको आईपीओमा आबेदन दिन अन्तिम दिन

काठमाडौं । स्वस्तिक लघुबित्त बित्तिय संस्था लिमिटेडको आम लगानी कर्ताको लागि  बिक्रिमा रखेको आइपीओमा आबेदन दिन आज अन्तिम दिन रहेको छ । कम्पनीले जारी पुँजी ५ करोड ७७ लाख ३१ को ४० प्रतिशत बराबर २ करोड ३१ लाख रुपैयाको प्राथमिक शेयर मध्ये  यसको १० प्रतिशत प्रति शेयर १०० का दरले नेपाल सरकारबाट स्वीकृत लिई बेदेशिक रोजगारीमा रहेका नेपालीलाई बिक्रि खुल्ला गरि बाँडफाँड गरि सकेको छ  । अब दोस्रो चरणमा लघुवित्तले सर्वसाधारण लगानीकर्ताका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका १ करोड ९५ लाख १९ हजार ५०० रुपैयाँबराबरको १ लाख ९५ हजार १९५ कित्ता शेयर निष्काशन गरेको हो।

नेपाल धोतोपत्रबोर्डबाट स्वीकृत लिई आस्वा सेवामा सहभागी बैङ्क तथा बित्तिय संस्थाबाट सि-आस्वा प्रणालीबाट सो शेयर खरिदको लागि आवेदन दिन सक्नेछन् । शेयर आज भदौ ३ गते बैङ्किङ समय सम्म आवेदन दिन सक्नेछन् ।

लघुवित्तको आईपीओमा सर्वसाधारण लगानीकर्ताले न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा ५ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्।

आईपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा इक्रा नेपालले लघुवित्तलाई इक्राएनपी इस्यूअर रेटिङ्ग बी एटदरेट प्रदान गरेको छ। यसले लघुवित्तको समयमा वित्तीय दायित्व पूण गर्न सक्ने अवस्थामा उच्च जोखिम रहेको संकेत गर्दछ।

लघुवित्तको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरुबाट सि–आस्बा प्रणालीमार्फत आवेदन दिन सक्नेछन्।

 

NECO

Leave Your Comment

Related News