RE
Global College

चीनको अटोमोबाइल कम्पनी अक्वेल नेपालमा,आधिकारिक बिक्रेता बन्यो ईभी गो

काठमाडौं । चीनको  अटोमोबाइल कम्पनी अक्वेल नेपाल भित्रीएको छ । हालै अक्वेलले ईभी गो नेपाल प्रालिलाई आधिकारिक बिक्रेता नियुक्त गरेसँगै उक्त ब्रान्ड नेपाल भित्रीएको  हो।

कमर्सिलय सवारी ब्रान्डमा अब्बल दर्जामा रहेको अक्वेलका विद्युतीय माइक्रोबस तथा भ्यान नेपाल आउने भएका छन्। अक्वेल ईभी चाइना र ईभी गो नेपाल प्रालिबीच नेपालका लागि एक्सक्लुसिभ एग्रिमेन्ट भएको ईभी गो नेपाल प्रालिका प्रबन्ध निर्देशक अनपकुमार बरालले जानकारी दिए।

सुरुमा अक्वेलका ११, १४ र १६ सिट क्षमताका विद्युतीय भ्यान तथा माइक्रोबस नेपाल आउने ईभी गो नेपाल प्रालिका प्रबन्ध निर्देशक अनपकुमार बरालले जानकारी दिए। यी माइक्रोबस नेपाल आएपछि कम्पनीले अक्वेलका १९ सिट, २५ सिट र २६ सिटभन्दा ठूला विद्युतीय बस नेपाल ल्याउने तयारी कम्पनीले गरेको छ। कम्पनीले बजारको माग र आवश्यकताअनुसार कार्गो ईभी भ्यान, विद्युतीय पिकअप, मध्यम खालका विद्युतीय ट्रक ल्याउने उल्लेख गरेको छ।

अक्वेलको आधिकारिक बिक्रेता ईभी गो नेपाल प्रालिले विद्युतीय माइक्रोबस र भ्यान आयातसँगै सर्भिस सेन्टरको निर्माण थालिसकेको बरालले जानकारी दिए।

 

NECO

Leave Your Comment

Related News