RE
Global College

राजनीतिक स्थिरता नहुँदासम्म सेयर कारोबार स्थगित गरियोस् : लगानीकर्ता संघहरु

काठमाडौं । देशको राजनीतिक अनिश्चितता र हालैका घटनाले सिर्जना गरेको अस्थिरताबीच पुँजीबजार सुधार अभियानमा संलग्न विभिन्न संघ–संस्थाहरूले सेयर बजार (नेप्से) को कारोबार तत्काल केही समयका लागि रोक्न माग गरेका छन् ।

नेपाल धितोपत्र बोर्डलाई सम्बोधन गरिएको पत्रमा उनीहरूले हालको संवेदनशील परिस्थितिमा लगानीकर्ताले विवेकपूर्ण निर्णय लिन नसक्ने अवस्था सिर्जना भएकाले “अनावश्यक बिक्री चाप (एबलष्अ क्भििष्लन) बढ्ने र साना लगानीकर्ताले अपूरणीय क्षति बेहोर्नुपर्ने जोखिम उच्च भएको” उल्लेख गरेका छन्।

पत्रमा भनिएको छ, “धितोपत्र बजार अत्यन्त संवेदनशील हुन्छ, राष्ट्रिय राजनीतिक परिस्थिति अस्थिर हुँदा यसको प्रत्यक्ष असर बजारमा देखिन्छ। यस्तो अवस्थामा कारोबार निरन्तर हुँदा समग्र पूँजीबजार धराशायी बन्ने खतरा बढेको छ।” संघ–संस्थाहरूले हाललाई कारोबार स्थगित गरी शान्ति–सुरक्षाको प्रत्याभूति र आर्थिक गतिविधि सहज भएपछि मात्र बजार सञ्चालन गर्नुपर्ने माग गरेका छन्। साथै, यसअघि लगानीकर्ताले राखेका सुधारका मागलाई धितोपत्र बोर्डले द्रुतगतिमा अघि बढाउनुपर्ने जोड पनि दिएका छन्।

उनीहरूले धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेञ्ज, सिडिएससी, स्टक ब्रोकर संघलगायत सरोकारवालाबीच छलफल गरेर राजनीतिक अवस्था स्थिर नहुँदासम्म कारोबार स्थगित गर्ने निर्णय गर्न आग्रह गरेका छन्।

NECO

Leave Your Comment

Related News