RE
Global College

आज राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री कार्की

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले बिहीबार साँझ ६ बजे राष्ट्रका नाममा सम्बोधन गर्ने भएकी छन्।

गत भदौ २७ गते प्रधानमन्त्री नियुक्त भएकी कार्कीले पहिलोपटक देशवासीका नाममा सम्बोधन गर्न लागेकी हुन्।सम्बोधनको समन्वय सूचना, सञ्चार तथा प्रविधि मन्त्रालयले गरेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार उनले सम्बोधनमा गत भदौ २३ र २४ गतेको जेनजी विद्रोहपछि उत्पन्न परिस्थिति, भदौ २४ गतेको तोडफोड र आगजनी, त्यसको पुनर्निर्माण तथा तत्कालीन सरकार पक्षबाट भएको दमनलगायत विषय समेट्नेछिन्।

यसैबीच सरकारले आगामी फागुन २१ गते प्रतिनिधि सभा निर्वाचन गर्ने मिति घोषणा गरेको छ। प्रधानमन्त्री कार्कीले निर्वाचन सफल बनाउन राजनीतिक दलबीच सहमति र समझदारी आवश्यक रहेको बताउँदै सबैलाई आह्वान गर्ने तयारी गरेकी छन्।

NECO

Leave Your Comment

Related News