RE
Global College

जेनजी आन्दोलनका घाइतेको स्वास्थ्य अवस्था बुझ्न अस्पताल पुगे शिक्षामन्त्री

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले विभिन्न अस्पताल पुगेर जेनजी आन्दोलनका घाइतेको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।
शनिबार शिक्षण अस्पताल र ट्रमा सेन्टर पुगेर मन्त्री पुनले घाइतेहरूको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिएका हुन् ।

घाइतेहरूको स्वास्थ्य अवस्थाबारे चिकित्सकसँग जानकारी लिँदै मन्त्री पुनले उपचारमा कुनै कमी हुन नदिन आग्रह गरेका थिए ।

घाइतेहरुले आफ्नो स्वास्थ्य भन्दा पनि आफ्ना मागहरु पूरा हुन, नहुनेमा चिन्ता व्यक्त गरेको मन्त्री पुनले बताए। ‘बिरामीहरुको माग मुद्दाहरु नै जेनजी आन्दोलनको माग मुद्दा हो,’ उनले घाइतको भनाइ उल्लेख गर्दैै भने, ‘हामी देशको लागि लडेका हौँ। हामीले देशका लागि रगत बगाएका हौँ। हाम्रो माग पूरा हुनुपर्छ भन्ने किसिमको छ। स्वास्थ्य उपचार राम्रो भएको छ। ठिकै छ। शरीरको चिन्ता भन्दा पनि माग पूरा हुन्छ की हुँदैन, भविष्यमा के हुन्छ भन्ने छ।’

गत भदौ २३ र २४ गते भएको जेनजीको आन्दोलनमा ७५ जनाको मृत्यु भएको छ भने सयौँ घाइते भएका छन्। घाइतेको उपचार जारी छ। ट्रमा सेन्टरमा उपचाररत जेनजी घाइतेमध्ये १ जनामात्रै आइसीयुमा रहेको र अरु खतरामुक्त रहेको पाएको मन्त्री पुनले  बताए।

NECO

Leave Your Comment

Related News