काठमाडौं । प्रभु केबलकार एन्ड टुरिजम लिमिटेडले आइपीओ जारी गर्ने भएको छ । कम्पनीले उक्त प्रस्तावसहित पुस २६ गते साधारण सभा बोलाएको छ । सभा सिद्धार्थ कटेज, काठमाडौंमा दिउँसो पैने ३ बजे सुरु हुनेछ । कम्पनीले सभामा आइपीओ प्रस्ताव पेश गर्नछ । सभामा आर्थिक वर्ष २०८१-८२ को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ । आर्थिक वर्ष २०८२–८३ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्नेलगायतका एजेन्डाहरु रहनेछन् ।
प्रभु केबलकारले आइपीओ जारी गर्ने


