RE
Global College

नेपाल पुनर्बीमा कम्पनीको सञ्चालकमा लम्साल नियुक्त

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी लिमिटेड (नेपाल रि) को सञ्चालक पदमा भन्सार विभाग, त्रिपुरेश्वरका उप–महानिर्देशक अमृत लम्साल नियुक्त भएका छन्।

नेपाल सरकार, अर्थ मन्त्रालयको गत असोज ६ गतेको अर्थमन्त्रीस्तरीय निर्णयले अमृत लम्साललाई नेपाल सरकारको तर्फबाट सञ्चालक नियुक्त गर्ने निर्णय गरेको थियो।

लम्सालले नेपाल रिको सञ्चालक समितिको सदस्यको हैसियतमा असोज २३ गते पद बहाली गरेको कम्पनी सचिव शेखर पौडेलले जानकारी दिएका छन्।

कम्पनीको नियमावलीको नियम २७ को उपनियम (२) को (क) मा भएको व्यवस्था बमोजिम लम्साललाई नेपाल रिको सञ्चालक पदमा नियुक्त गरिएको हो।

NECO

Leave Your Comment

Related News