RE
Global College

पर्वको बेला टाटा जेन्युइन पार्ट्सको मेला’ कार्यक्रम सार्वजनिक, प्रत्येक खरिदमा पर्न सक्छ बजाज पल्सर १५० सिसि

काठमाडौं । मोटर्सका टाटा जेन्युइन पार्ट्स, टाटा अटोमोटिभ फ्लुइड्स र टाटा ड्युराफिट पार्ट्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी अटोपार्ट्स प्रालिले दशैं, तिहार र छठ पर्वलाई लक्षित गर्दै ‘पर्वको बेला टाटा जेन्युइन पार्ट्सको मेला’ नामक विशेष योजना सार्वजनिक गरेको छ।

संवेदनशील परिस्थितिका कारण केही समय स्थगित गरिएको यस योजना पुनः सुरु गर्दै कम्पनीले ग्राहकलाई विशेष उपहारसहित आकर्षक अफर ल्याएको हो। यस अन्तर्गत टाटा जेन्युइन पार्ट्सको हरेक खरिदमा ग्यारेन्टीसहित १,००० सम्मको क्यासब्याक कुपन प्राप्त गर्न सकिनेछ। साथै, लक्की ड्रमार्फत विभिन्न पुरस्कार जित्ने अवसर पनि उपलब्ध हुनेछ।

लक्की ड्रमार्फत पाउन सकिने आकर्षक पुरस्कारहरू:

– १,००,००० माथिको खरिदमा बजाज पल्सर १५० सिसि (बम्पर उपहार)
– ७५,००० माथिको खरिदमा टिभिएस स्कुटर (१२५ सिसि)
– २५,००० माथिको खरिदमा स्मार्ट टिभी
– ५,००० माथिको खरिदमा स्मार्टफोन

साथै, हरेक खरिदमा रु. १,००० सम्मको क्यासब्याक कुपन ग्यारेन्टीका साथ प्राप्त गर्न सकिनेछ।

सक्कली पार्ट्सको प्रयोगले गाडीको इन्जिन, ब्रेक, क्लचजस्ता महत्त्वपूर्ण अङ्गलाई दीर्घकालीन संरक्षण मात्र गर्दैन, मर्मत खर्चमा बचत गर्दै गाडीको समग्र प्रदर्शनमा गुणस्तरीय सुधार ल्याउने कम्पनीको दाबी छ। नेपालका व्यवसायिक सवारी प्रयोगकर्ताहरूको वर्षौँदेखिको विश्वसनीय छनोट टाटा जेन्युइन पार्ट्स रहँदै आएको छ।

NECO

Leave Your Comment

Related News