RE
Global College

खातामा ईमेल ठेगाना अद्यावधिक गर्न ग्राहक महानुभावहरूलाई एन आई सी एशिया बैंकको अनुरोध

काठमाडौं । लाखौं ग्राहक महानुभावहरूमाझ गतिशील बैंकिङ्गको अभ्यास गरिरहेको एन आई सी एशिया बैंक ग्राहक महानुभावहरूलाई आफ्नो खातामा ईमेल ठेगाना अद्यावधिक गर्न अनुरोध गर्दछ । बैंकका ग्राहक महानुभावहरूको आफ्नो खातामा बैंकको भिडियो केवाईसी (डब्लु डब्लु डब्लु डट एनआईसी एशिया बैंक डट कम भिडियो स्ल्यास् केवाईसी) वा मोबाइल बैंकिङ्ग एप एनआईसी एशिया मोबैंक मा रहेको माई प्रोफाइल मा ट्याप गरी चेन्ज इमेलविकल्प छनौट गरी आफ्नो ईमेल ठेगाना यथाशीघ्र अद्यावधिक गर्न सक्नुहुनेछ ।

साथै, ग्राहक महानुभावहरूले आफूलाई पायक पर्ने यस बैंकको जुनसुकै शाखा कार्यालयबाट समेत आफ्नो खातामा ईमेल ठेगाना अद्यावधिक गर्नको लागि आवेदन दिन सकिने प्रबन्ध मिलाइएको छ ।

ईमेल ठेगाना अद्यावधिक नभएको खण्डमा बैंकको नजिकैको शाखा कार्यालय वा ग्राहक सम्पर्क केन्द्रको फोन नम्बरहरू १६६०–०१–७७७७१, ०१–५९७०१०१ मा सम्पर्क गरी जानकारी लिन हुन अनुरोध छ ।

NECO

Leave Your Comment

Related News