RE
Global College

 हिमालयन डिष्टिलरीको लाभांश घोषणा, बोनस र नगद कति ?

काठमाडौं । हिमालयन डिष्टिलरी लिमिटेडले गत आर्थिक वर्षको नाफाबाट २५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो । कम्पनीले २० प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांश (कर सहित) दिने प्रस्ताव गरेको छ ।

सो प्रस्ताव पारित गर्न कम्पनीले कात्तिक ३० गते, आइतबार, आफ्नो रजिष्टर्ड कार्यालय, विरगञ्ज, पर्सामा २५ औँ वार्षिक साधारण सभा बोलाएको छ । सो सभा बिहान १० बजे शुरु हुनेछ ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले कात्तिक २० गते बुकक्लोज गर्ने भएको छ। यस अनुसार कात्तिक १९ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाउन तथा कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

NECO

Leave Your Comment

Related News