CLI

मंगलबार नेप्से सूचक बढ्यो, कारोबार रकममा भने गिरावट

काठमाडौं । मंगलबार नेप्से परिसूचक बढेको छ । यसदिन नेप्से ३.२१ अंकले बढेको छ । बजार २५६५.१६ विन्दुमा पुगेर बन्द भएको छ । आज ३२७ वटा कम्पनी ५५ हजार ६३२ पटकको कारोबार हुँदा ७९ लाख ४७ हजार कित्ता सेयर खरिदबिक्री भएको छ । कारोबार रकम भने ३ अर्ब ६२ करोड ६१ लाख रहेको छ ।

यो रकम सोमबारको तुलनामा ८८ करोड ८३ लाख कम हो । सोमबार ४ अर्ब ५१ करोड ४४ लाखको कारोबार भएको थियो । त्यसैगरी, ६ वटा उपसमूह घटेका छन् । ७  वटा  भने बढेका छन् । विकास बैंक ०.४७ प्रतिशत,  वित्त ०.६१, होटल्स तथा पर्यटन समूह ०.३८, लगानी ०.२९  ,  लघुवित्त ०.०५,  अन्य समूह ०.६७ प्रतिशतले घटेका छन् ।

यता, बैंकिङ ०.०७, जलविद्युत ०.७७ प्रतिशत , जीवन बीमा ०.५७, उत्पादन तथा प्रशोधन ०.३३, म्युअुचल फण्ड ०.२४ , निर्जीवन बीमा ०.५० र ट्रेडिङ समूह ०.६९ प्रतिशतले बढेका छन् ।

त्यसैगरी, यसदिन सर्वाधिक कमाउने शाइन रेसुङ्गा डिबेन्चर, बन्दिपुर केबलकार, माबिलुङ्ग इनर्जी, बुङ्गल हाइड्रो र सागर डिस्टिलरी रहेका छन्  । यी कम्पनीहरु १० प्रतिशतले बढेका छन्  ।

Leave Your Comment

Related News